काठमाण्डु, ९ बैशाख – अनियमितता र भ्रष्टाचार गरेको आरोपमा शिक्षा मन्त्रालयका तत्कालीन उपसचिव वेणीमाधव भट्टराईलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज हिरासतमा लिएको छ । विसं २०६८ पुस- माघ महिनामा शिक्षा मन्त्रालयद्वारा सञ्चालित एमबिबिएस परीक्षा उत्तीर्ण गराइदिन्छु भन्ने प्रलोभन दिई पैसा लिएको विषयसहित विभिन्न...
काठमाण्डु, ९ बैशाख – नर्वेजियन दूतावासबाट डलर ल्याएको भन्दै मानवअधिकारवादी नेता कनकमणि दीक्षित निकै चर्चामा छन् । हुन त उनी बरिष्ठ पत्रकार पनि हुन् । एक दुइ वटा पुस्तक पनि निकालेका छन् । उनले निकालेको पुस्तक मध्ये ‘दुखेको मुलुक’ले उनको मन दुखाएको छैन् बरु...
संखुवासभा, ९ बैशाख – संखुवासभामा आफ्नै नातिनी बुहारीले घरको कौशीबाट धकेल्दा माविराम बेनी–७ बस्ने ७५ बर्षीया चौमाया कार्कीको मृत्यु भएको छ । उनलाई घरायसी विवादमा २८ बर्षीया नातिनी बुहारी उर्मिला डाँगी कार्कीले घरको कौशीबाट धकेलिएकी थिइन। जमीनमा खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा...
भक्तपुर, ९ बैशाख – सुर्यबिनायक बस्ने ४ बर्षीया र ७ बर्षीया दुई बालिकालाई जवरजस्ती अनुचित कार्य गरेको आरोपमा सिपाडोल–१ सुर्यबिनायक बस्ने भारत मोतिहारी घर भएका १६ बर्षीय सुनिल कुमार सोनीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिकाहरुलाई स्वास्थ्य परिक्षण तथा उपचारको लागि प्रसुती गृह...
काठमाण्डु, ९ बैशाख – वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले खाद्य संस्थानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी जनतालाई सेवा र सुविधा दिन त्यहाँ कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नेपाल खाद्य संस्थानको निरीक्षणको क्रममा उनले जनतालाई सेवा दिनुको साटो राजनीतिक क्रियाकलापमा मात्र संलग्न हुने र...
काठमाण्डु, ९ बैशाख – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० सालमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ तीनवर्षे स्नातक तह द्वितीय वर्ष मौकासहितको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । ।...
काठमाण्डु, ९ बैशाख – अखिल क्रान्तिकारी सहितका बिभिन्न ११ विद्यार्थी संगठनले स्ववियु निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् । अखिल क्रान्तिकारीको कार्यलय बागबजारमा आज बसेको बैठकले स्ववियु निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष राजाराम बर्तौलाले जानकारी दिए । नेविसंघ र...
काठमाण्डु, ९ बैशाख – नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले युद्धकालिन मुद्दा खारेज नगरे जनअदालत ब्युँताउने चेतावनी दिएका छन् । कम्युनिष्ट आन्दोलनका शीर्ष नेता कृष्णदास श्रेष्ठको सम्मानमा आज काठमाण्डुको नाचघरमा आयोजित कार्यक्रममा उनले जनयुद्धकालिन सबै मुद्धा खारेज गर्नुपर्ने बताए । सबै मुद्धा खारेज गरी नयाँ...
काठमाण्डु, ९ बैशाख – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सूचना प्रसार नीति र सञ्चार प्रविधि नीति तत्काल ल्याउन आवश्यक भएको बताएका छन् । सूचना तथा सञ्चार मन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज सम्पन्न बैठकमा मन्त्री डा...
काठमाण्डु, ९ बैशाख – मानव अधिकार संरक्षणका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुले विगत १८० दिनदेखि अनशन बस्दै आएका अधिकारी दम्पतीलाई अनशन तोडेर अदालतको सम्मान गर्न र न्याय प्रक्रिया कुर्न आग्रह गरेका छन् । नागरिक समाजका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगको सभाकक्षमा आज आयोजित पत्रकार सम्मेलनमा अधिकारकर्मीहरुका...
दैलेख, ९ वैशाख – अपूरो क्रान्ति पूरा गर्ने भन्दै माओवादी जनयुद्धमा विभिन्न स्थानमा लडेका दैलेखका अधिकाँश पूर्व लडाकुहरु अहिले गाउँमा फर्केर आ–आफ्नो व्यवसायमा व्यस्त भईरहेका छन् भने कतिपय लडाकुहरु खुलेर जिल्ला कमिटीलगायतका पदमा रहेर राजनीतिसमेत गरिरहेका छन् । विशाला–७ गैरीगाउ“का ४० वर्षीय कर्णबहादुर सिँजापति...
काठमाण्डु, ९ बैशाख – क्रान्तिकारी पत्रकार संघले ओम शर्मालाई पत्रकार महासंघको अध्यक्षमा उठाउने भएको छ । छिट्टै बैठक बसेर शर्मालाइ अध्यक्षमा उठाउने निर्णय गर्ने संघको तयारी छ । क्रान्तिकारी पत्रकार संघका खिलबहादुर भण्डारीका अनुसार शर्मालाइ नै पत्रकार महासंघको अध्यक्षमा उठाउने तयारी भएको जानकारी दिए...