कनकमणि दीक्षित भन्छन् सगरमाथा हाम्रो भनेर कसरी भन्ने ?

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते १२:४६ मा प्रकाशित

dekheko-mulukकाठमाण्डु, ९ बैशाख – नर्वेजियन दूतावासबाट डलर ल्याएको भन्दै मानवअधिकारवादी नेता कनकमणि दीक्षित निकै चर्चामा छन् ।

हुन त उनी बरिष्ठ पत्रकार पनि हुन् । एक दुइ वटा पुस्तक पनि निकालेका छन् । उनले निकालेको पुस्तक मध्ये  ‘दुखेको मुलुक’ले उनको मन दुखाएको छैन् बरु सारा नेपालीको मन दुखाएको छ ।

उनले ‘दुखेको मुलुक’ पुस्तकमा राष्ट्रवाद र राष्ट्रियताको शिर्षकमा अनौठो कुरा लेखेका छन् । उनले बुद्ध नेपालमा जन्मिएको र सगरमाथा नेपालमा पर्छ भने कुरा केटाकेटीलाई सिकाउन नहुने विवादास्पद कुरा लेखेका छन् ।

माइसंसार डट कमले त लुम्बिनीमा आउन लागेको अरवौ रकम र संयुक्त राष्ट्र संघका महासचिव बान की मुनको नेपाल भ्रमण रोक्न दीक्षितले अहम भूमिका खेलेको आरोप लगाएको छ ।

जानकारका अनुसार दीक्षित शान्ति प्रक्रिया भाडन् क्रियाशिल छन् । चाहे द्धन्द्धका बेला होस या द्धन्द्ध व्यवस्थापन पछि ।  नर्वेजियन दूतावासबाट शान्ति प्रक्रिया बिथोल्न करोडौ रुपैया कनकले भित्रयाएको भन्दै व्यवस्थापिका संसदमा समेत एकीकृत माओवादी सभासद शक्ति बस्नेतले हंगामा मच्चाएपछि उनको सातो पुत्लाे गएको छ ।

त्यसपछि कसले कति डलर भित्रयाए के गरे, के गर्दैछन भन्ने बिस्तार बिस्तार पर्दाफास हुदैँ गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us