संस्थानमा अनावश्यक राजनीति नगर्नुस् – मन्त्री थापा

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते ११:५७ मा प्रकाशित

sunil thapaकाठमाण्डु, ९ बैशाख – वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले खाद्य संस्थानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी जनतालाई सेवा र सुविधा दिन त्यहाँ कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल खाद्य संस्थानको निरीक्षणको क्रममा उनले जनतालाई सेवा दिनुको साटो राजनीतिक क्रियाकलापमा मात्र संलग्न हुने र पार्टीगत घेराबाट बाहिर उठ्न नसक्ने प्रवृत्तिको अन्त्य गरी जनताले थाहा पाउने गरी सेवा प्रदान गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

संस्थानलाई दीर्घकालीन रुपमा अगाडि बढाउन स्पष्ट लक्ष्य र योजनाको आवश्यकता रहेकामा जोड दिँदै उनले सकारात्मक योजनालाई जुनसुकै हालतमा पनि पूरा गरिने विश्वास दिलाए ।

संस्थानमा रहेको घाटा कम गर्न विशेष पहल गर्न र दुर्गमका जनतालाई सरल र सहज रुपमा खाद्य आपूर्ति गर्न कुनै पनि कसर बाँकी नराख्न पनि उहाँले निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us