काठमाण्डु, ९ बैशाख – अखिल क्रान्तिकारी सहितका बिभिन्न ११ विद्यार्थी संगठनले स्ववियु निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् ।
अखिल क्रान्तिकारीको कार्यलय बागबजारमा आज बसेको बैठकले स्ववियु निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष राजाराम बर्तौलाले जानकारी दिए ।
नेविसंघ र अनेरास्ववियुले त्रिविलाई गोटीका रुपमा अघि सारि योजनाबद्ध रुपमा उनीहरुले चुनाव घोषणा गर्न लगाएको उनले आरोप लगाए । गृहकार्य नगरिकन हचुवाको भरमा नेविसंघ र अनेरास्ववियुको लहलहैमा लागेर त्रिविले चुनाव घोषणा गरेको उनको भनाइ छ ।