युद्धकालिन मुद्दा खारेज नगरे जनअदालत ब्युँताउने बैद्यको चेतावनी

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते १०:४७ मा प्रकाशित

mohan 4 copyकाठमाण्डु, ९ बैशाख – नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले युद्धकालिन मुद्दा खारेज नगरे जनअदालत ब्युँताउने चेतावनी दिएका छन् ।

कम्युनिष्ट आन्दोलनका शीर्ष नेता कृष्णदास श्रेष्ठको सम्मानमा आज काठमाण्डुको नाचघरमा आयोजित कार्यक्रममा उनले जनयुद्धकालिन सबै मुद्धा खारेज गर्नुपर्ने बताए । सबै मुद्धा खारेज गरी नयाँ सहमतिबाट दलहरु अघि बढ्नुपर्ने उनको भनाइ छ ।

आफूहरुलाई पाखा लगाए संविधान निमार्ण  र शान्ति प्रक्रियालाई निष्र्कषमा पुग्न नसक्ने उनको भनाइ छ । कांग्रेस एमालेले विगतका सहमति तोडेको बताउँदै बैद्यले त्यही भएर द्धन्द्ध समाधान हुन नसकेको जिकीर गरे । साथै उनले ढुक्कसँग सरकार चलाउन समेत आफूहरुले नदिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us