नातिनी बुहारीले कौशीबाट धकेल्दा मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते १२:०८ मा प्रकाशित

संखुवासभा, ९ बैशाख – संखुवासभामा    आफ्नै नातिनी बुहारीले घरको कौशीबाट धकेल्दा माविराम बेनी–७ बस्ने ७५ बर्षीया चौमाया कार्कीको मृत्यु भएको छ । उनलाई घरायसी विवादमा २८ बर्षीया नातिनी बुहारी उर्मिला डाँगी कार्कीले घरको कौशीबाट धकेलिएकी थिइन।  जमीनमा खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र माविरामबेनीमा मृत्यु भएको हो  । प्रहरीले उर्मिलालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us