समाचार

बैशाख १२ र १३ सम्म कुमारीपाटी जावलाखेल महोत्सव हुने

२०७१ वैशाख १० गते १०:१२

काठमाण्डु, १० वैशाख –  अागामी बैशाख १२ र १३ गते ललितपुरको कुमारीपाटी जावलाखेलमा महोत्सव हुने भएको छ । कुमारीपाटी जावलाखेल महोत्सव मूल समितिले आज  पत्रकार सम्मेलन गरेर इटी चोक देखि कुमारीपाटी, तफाल्हो, जावलाखेल सम्म करिब १ किलोमिटर दूरीको क्षेत्रमा पहिलो पटक विभिन्न सांस्कृतिक कार्यक्रमका...

रोयल्टी नतिरी बन्द गर्ने क्यासिनोबाट जसरी पनि बक्यौता असुल गर्छौ : मन्त्री आचार्य

२०७१ वैशाख १० गते ९:२८

काठमाण्डु, १० वैशाख –  सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीमप्रसाद आचार्यले सरकारले बारम्बार अवसर दिदा समेत अटेर गरि रोयल्टी नतिरी बन्द गर्ने सञ्चालकहरुबाट जसरी पनि बक्यौता रकम असुल गर्ने दावी गरेका छन । रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले एक साता भित्र...

गौशालामा बसको ठक्करबाट एक महिलाको मृत्यु

२०७१ वैशाख १० गते ७:५५

काठमाण्डु, १० वैशाख – काठमाण्डुको गौशालामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बा २ ख ५०८७ नम्बरको बसको ठक्करबाट भारतीय महिला हिरादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कालिमाटीमा बस्दै आएकी थिइन् । बसले उनलाई गौशाला चोकमा नै ठक्कर दिएको थियो...

मुख्य न्यायाधीश एकराज आचार्यले राजीनामा दिए

२०७१ वैशाख १० गते ७:५२

काठमाण्डु, १० वैशाख – पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले राजीनामा दिएका छन । उनले आजैको मितिबाट लागू हुने गरी राजीनामा गरेका हुन । न्याय परिषद्ले सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसप्रति असन्तुष्टी जनाउँदै उनले राजीनामा दिएका हुन् । आफूभन्दा कनिष्टलाई...

तेह्रथुमको ओखरेमा हिजोदेखि लागेको आगो मध्यान्हबाट नियन्त्रणमा

२०७१ वैशाख १० गते ७:२२

तेह्रथुम, १० वैशाख –  तेह्रथुमको ओखरेमा हिजोदेखि लागेको आगो आज मध्यान्हबाट नियन्त्रणमा आएको छ  । नजिकैको जंगलमा लागेको आगो गाँउमा फैलिएपछि ४ वटा घर जलेको छ भने सयौ हेक्टर बनमा क्षति पुगेको छ । आगो स्थानिय, सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा...

तोकिएकै मितिमा संविधान आउँछ – प्रधानमन्त्री

२०७१ वैशाख १० गते ४:५६

काठमाण्डु, १० वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले एक बर्षभित्र जनचाहना अनुसारको संविधान जारी गर्ने प्रतिबद्धता दोहोरयाएका छन् । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले आज काठमाण्डुमा गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले तोकिएकै समयमा संविधान जारी हुने बताएका हुन् । कोइरालाले तोकिएकै समयमा संविधान जारी गर्न सरकार प्रतिबद्ध...

प्रगतिशील पत्रकार संघको चिन्ता

२०७१ वैशाख १० गते ४:००

काठमाण्डु, १० वैशाख – प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको २४ महाधिवेशन पनि नीति भन्दा नेतृत्वमै केन्द्रीत हुने अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्माले विज्ञप्ति निकालेर मूल्य मान्यता नीति बिनाको नेतृत्वले सही काम गर्न नसक्ने भन्दै...

अमेरिकी राजदुतले प्रधानमन्त्री भेटे

२०७१ वैशाख १० गते ३:४२

काठमाण्डु, १० वैशाख – प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि अमेरिकी राजदुत पीटर डब्लु बोडेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिँहदरबारमा भएको भेटमा राजदूत बाेडेले मुलुकको पछिल्लाे अवस्थाका बारेमा चासाे राखेका थिए ।   नेपालको शान्ति प्रक्रिया विथोल्न अमेरिकी र युरोपियन...

राज्यव्यवस्था समितिको बैठक बस्ने

२०७१ वैशाख १० गते ३:२४

काठमाण्डु, १० वैशाख – व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिको बैठक आज बस्ने भएको छ । पहिलोपटक बस्न लागेको बैठकका महत्वपुर्ण एजेण्डा नभएपनि परिचयात्मक कार्यक्रम आगामी कार्यदिशाका विषयमा छलफल हुने भएको छ । बैठक दिउसो ३ बजे बोलाइएको समितिका सचिव एवम् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी...

पत्रकार महासंघ काठमाडौंमा तोडफोड

२०७१ वैशाख १० गते ३:२०

काठमाण्डु, १० वैशाख – नेपाल पत्रकार महासंघ काठमाण्डु शाखामा तोडफोड भएको छ । बिधान बिपरीत सल्लाहकारमा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, रामहरि सिलवाललाई सल्लाहकारमा राख्नुपर्ने भन्दै प्रेस चौतारीले तोडफोड गरेको हो । महासंघको बिधान अनुसार सल्लाहकारमा निवर्तमान अध्यक्ष , त्यसअघिका पूर्व अध्यक्ष, र समितिको...

मनोरञ्जन क्षेत्रका महिलामाथि बाटोमा हिँड्दा पनि दुुव्र्यवहार

२०७१ वैशाख ९ गते १३:५७

काठमाण्डु, ९ बैशाख – मनोरञ्जन क्षेत्रमा कार्यरत महिला कार्यक्षेत्रमा मात्र नभई बाटोमा हिँड्दा र प्रहरी प्रशासनबाट समेत हिंसामा पर्ने गरेका छन् । महिलाका निम्ति महिला मञ्च र छोरी संस्थाको आयोजनामा आज काठमाण्डुमा भएको कार्यक्रममा ती महिलाले काम गर्ने समय निश्चित नभएकाले रात्रिकालीन समयमा आफूहरूले...

स्थानीय निकाय निर्वाचनको बाधक ठूला दल – बिजुक्छे

२०७१ वैशाख ९ गते १३:५५

भक्तपुर, ९ वैशाख – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय निकायको निर्वाचनको मुख्य बाधक ठूला दल भएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उनले भने “स्थानीय निकायको चुनाव तोकिएको समयमा अब हुँदैन, चुनावको बाधक नै सत्तासीन दल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us