अमेरिकी राजदुतले प्रधानमन्त्री भेटे

काठमाण्डु टुडे २०७१ वैशाख १० गते ३:४२ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, १० वैशाख – प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि अमेरिकी राजदुत पीटर डब्लु बोडेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिँहदरबारमा भएको भेटमा राजदूत बाेडेले मुलुकको पछिल्लाे अवस्थाका बारेमा चासाे राखेका थिए ।

 

नेपालको शान्ति प्रक्रिया विथोल्न अमेरिकी र युरोपियन युनियनका राजदुतहरु लागिपरेको भन्दै एमाओवादी सभासद रामनारायण विडारीले जेल हाल्नुपर्ने अभिव्यक्ति दिएको केहीदिनभित्रै अमेरिकी राजदुतले भेटवार्ता गरेका हुन् ।

अमेरिका र युरोपियन युनियनले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयकमा आममाफीको व्यवस्था नगर्न आग्रह गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us