तेह्रथुम, १० वैशाख – तेह्रथुमको ओखरेमा हिजोदेखि लागेको आगो आज मध्यान्हबाट नियन्त्रणमा आएको छ ।
नजिकैको जंगलमा लागेको आगो गाँउमा फैलिएपछि ४ वटा घर जलेको छ भने सयौ हेक्टर बनमा क्षति पुगेको छ । आगो स्थानिय, सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । हावाहुरीका कारण आगो नियन्त्रण गर्न समस्या परेको प्रहरीले जनाएको छ ।