तोकिएकै मितिमा संविधान आउँछ – प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ वैशाख १० गते ४:५६ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, १० वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले एक बर्षभित्र जनचाहना अनुसारको संविधान जारी गर्ने प्रतिबद्धता दोहोरयाएका छन् ।
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले आज काठमाण्डुमा गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले तोकिएकै समयमा संविधान जारी हुने बताएका हुन् ।

कोइरालाले तोकिएकै समयमा संविधान जारी गर्न सरकार प्रतिबद्ध भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे । कोइरालाले संविधान जारी भएसंगै देशले आर्थिक, सामाजिक र राजनीतिक फड्को मार्ने दाबी गरेका छन् ।

कार्यक्रममा नेपालका लागि चिनीया राजदुत हु– चुनताईले पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानलाई दुई लाख सहयोगको चेक हस्तान्तरण गरे ।

सगरमाथाको चुचुरोमा पुगि प्याराग्ल्याडी र काइकीङ्ग गरी बंगालको खाडी पुगेर विश्व किर्तिमान कायम गर्ने लाक्पा छिरीङ शेर्पा र सानुबाबु सुनुवारलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा पासाङ ल्हमु शेर्पा मेमेरियल कलेजमा अध्ययनरत सात जना विर्थीलाई छात्राबृति प्रदान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us