प्रगतिशील पत्रकार संघको चिन्ता

काठमाण्डु टुडे २०७१ वैशाख १० गते ४:०० मा प्रकाशित

काठमाण्डु, १० वैशाख – प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको २४ महाधिवेशन पनि नीति भन्दा नेतृत्वमै केन्द्रीत हुने अवस्था देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्माले विज्ञप्ति निकालेर मूल्य मान्यता नीति बिनाको नेतृत्वले सही काम गर्न नसक्ने भन्दै श्रमजीवी पत्रकारको हक र हितलाई केन्द्रमा राख्न सुझाव दिएका छन् ।

संघले पत्रकार महासंघमा उत्पीडित र पिछडीएका क्षेत्रको वास्तविक प्रतिनिधित्व हुने गरी विधान संशोधन गरी समावेशी बनाउन र केन्द्रीय समितिमा खुल्ला सदस्यको व्यवस्था गर्न माग गरेको छ ।

संघले श्रमजीवी पत्रकार र लगानीकर्ता एउटै संस्थाको सदस्य भएर चुनावी प्रतिस्पर्धा गर्ने वातावरण बन्द गर्नका लागि सदस्य वितरणमा नयाँ मापदण्ड बनाउन पत्रकार महासंघको नेतृत्व र पत्रकारका अरु संगठनलाई आग्रह गरेको छ ।

‘नेपाल पत्रकार महासंघलाई आम श्रमजीवी पत्रकारको वास्तविक साझा संस्था बनाउने हो भने कतिपय नीतिगत कुरामा गम्भीर ध्यान दिनैपर्छ ।

आज नेपाल पत्रकार महासंघलाई आम श्रमजीवी पत्रकारको संगठन भनेर नारा लगाइरहँदा यो कस्को र कस्तो संगठन हो भन्ने गंभीर प्रश्न उठेको छ ।’

संघले निकालेको विज्ञप्तिमा भनिएको छ–यो प्रश्न सदस्यता वितरणमा देखिएको समस्या र महासंघले आफ्नो चरित्र नबुझ्दा उठेको हो । त्यसैले पत्रकार महासंघले आफूलाई वास्तविक श्रमजीवी पत्रकारको संगठन बनाउनका लागि मालिक र कामदार एकै ठाउँ सदस्य भएर चुनावी प्रतिस्पर्धा गर्ने वातावरणको अन्त्य गर्नुपर्छ ।’

यसप्रति हाम्रो घोर आपत्ति छ ।संघले पत्रकार महासंघलाई टे«ड यूनियन बनाउनुपर्नेमा जोड दिँदै सकेसम्म सबैको प्रतिनिधित्व हुने गरी सहमतिमा पत्रकार महासंघको नेतृत्व चयन गर्न आग्रह गरेको छ । संघले सहमति हुन नसकेमा एकल ढंगले पनि चुनावमा अघि बढ्ने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us