समाचार

सर्वोच्चका रजिष्ट्रार शाहलाई चौबिस घण्टे अल्टिमेटम

२०७१ वैशाख १० गते १३:५७

काठमाण्डु, १० वैशाख –   सर्वोच्च अदालतका रजिष्ट्रारले मित्रराष्ट्र चीनबाट प्राप्त हुने छात्रवृत्ति कोटामा तीन वर्षपनि सेवा  नपुगेकी निकट आफन्त शाखा अधिकृत मन्दिरा शाहीलाई पठाउने निर्णय गरेकामा त्यसलाई सच्याउन विभिन्न सङ्घ सङ्गठनले उहाँलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । निजामती सेवा ऐनको दाफा ४९(ग)मा...

सबैलाई नसमेटे संविधान बने पनि विद्रोह – कमल थापा

२०७१ वैशाख १० गते १३:००

हेटौँडा, १० वैशाख  – राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलले सबै दलहरुलाई समेटेर अगाडि बढ्नुपर्ने बताएका छन् । आज हेटौंडामा राप्रपा नेपालको २३ औं जिल्ला परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष थापाले सबैलाई नसमेटे संविधान बने पनि विद्रोह हुने बताए । नेपाली काँग्रेस,...

देश र जनताको सुख शान्तिको लागि पूजा – पूर्व राजा ज्ञानेन्द्र

२०७१ वैशाख १० गते १२:४१

कलैया, १० वैशाख – पूर्व राजा ज्ञानेन्द्र शाहले देश र जनताको सुख शान्तिको कामनाका लागि देवी देवताको पूजाअर्चना गरेको बताएका छन् । पूर्व राजा साहले आज बाराको सिसहनिया गाविस वडा नं ३ स्थित सुरेश्वरनाथ महादेवको पूजाअर्चना गरेपछि पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।...

एमालेमा विचार भन्दा पदको लडाइँ….

२०७१ वैशाख १० गते १२:३८

काठमाण्डु, १० वैशाख – नेकपा (एमाले)ले आगामी नवौँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने भने तापनि पार्टी नेतृत्वका लागि कम्तीमा दुई पक्षबीच टकराव हुने स्पष्ट सङ्केत देखिएको छ । एकताको महाधिवेशन बनाउने भनेर बहस, छलफल र विचार सम्प्रेषण गर्दै आएका एमालेका युवा पङ्क्तिनै अहिले स्पष्ट रुपले...

डढेलो गाउँ पस्दा तीन घर जल्यो

२०७१ वैशाख १० गते १२:३३

खोटाङ, १० वैशाख – जङ्गलबाट सल्किएको डढेलोबाट जिल्लाको पश्चिमी गाविस डिकुवामा तीनवटा घर जलेको छ ।  डिकुवा–६ बाट सल्किएको डढेलोले डिकुवा–८ का भैरबहादुर मगर, मेघबहादुर मगर र दलबहादुर परियारको घर नष्ट गरेको हो । डढेलोबाट लागेको आगोबाट भैरबहादुरको पाँच तोला सुन, १९ हजार नगद,...

आरोहीका परिवारलाई पाँच लाख सहयोग

२०७१ वैशाख १० गते १२:३२

काठमाण्डु, १० वैशाख – सरकारले सगरमाथा आरोहणका क्रममा यही वैशाख ५ गते हिमपहिरोमा परी मृत्यु हुनेका परिवारलाई  पाँच लाख सहयोग दिने भएको छ । सो घटनामा परी १३ जना आरोहीले ज्यान गुमाएका थिए भने तीन जना बेपत्ता भएका थिए ।    संस्कृति, पर्यटन तथा...

प्रमुख ३ दलको बैठक वालुवाटारमा

२०७१ वैशाख १० गते १२:२४

काठमाण्डु, १० वैशाख – त्रिभुवन  सत्य निरुपण, मेलमिलाप तथा वेपत्ता छानविन आयोग गठनसम्बन्धी विधेयक संशोधन प्रस्ताव लैजाने बिषयमा छलफल गर्न प्रमुख ३ दलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा कांग्रेस, एमाले र एकीकृत माओवादीका नेताहरु सहभागि छन् । प्रमुख ३...

विमानस्थलमा ट्याक्सी चालकमाथि प्रहरीको अन्धाधुन्ध लाठी प्रहार

२०७१ वैशाख १० गते १२:१५

काठमाण्डु, १० वैशाख – त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकमाथि प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको छ । प्रहरीको लाठीचार्जबाट ८ जना घाइते भएका छन् । हरियो नम्बर प्लेट र कालो नम्बर प्लेटका ट्याक्सी चालकहरुवीच विाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको हो ।  हरियो...

तरुण दल महाधिवेशनको विषयलाई लिएर विवाद

२०७१ वैशाख १० गते ११:५१

काठमाण्डु, १० वैशाख – प्रमुख सत्तारुढ घटक नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल महाधिवेशनको विषयलाई लिएर विवादमा फसेको छ । केही केन्द्रीय सदस्यहरुले महाधिवेशन गर्न नसकेको आरोप लगाउँदै अध्यक्ष उदयशमसेर राणालाई पदबाट हटाउने चेतावनी दिएका छन् । पार्टीको संस्थापन पक्ष सम्बद्ध तरुण दलका...

२० प्रतिशत नागरिक नागरिकताविहिन

२०७१ वैशाख १० गते ११:४६

काठमाण्डु, १० वैशाख –  सरकारले पटक पटक गाउगाउँमा नै पुगेर नागरिकता वितरण अभियान चलाएपनि अझै २० प्रतिशत नागरिक नागरिकताविहिन रहेको एक प्रतिवेदनले देखाएको छ । महिला, कानून र विकास मञ्च नामक एक गैरसरकारी संस्थाले आज काठमाण्डुमा एक कार्यक्रम गरी १६ वर्ष उमेर पुगेका २०...

माधव नेपाल अध्यक्षको उम्मेद्वार

२०७१ वैशाख १० गते ११:४१

काठमाण्डु, १० वैशाख – सत्तारुढ दल नेकपा एमालेमा महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वको विषयलाई लिएर विवाद् चर्किरहेका बेला युवा नेताहरुको एक समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षको उम्मेद्वार घोषणा गरेको छ । युवा नेताहरुको समूहले काठमाण्डुको एक होटलमा कार्यक्रम गरी नवौं महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार...

स्ववियु निर्वाचन घोषणा निर्णय फिर्ता लिन २४ घण्टे अल्टिमेटम

२०७१ वैशाख १० गते ११:३७

काठमाण्डु, १० वैशाख –  मुख्य विपक्षी दल एकीकृत नेकपा माओवादी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीसहितका १८ वटा विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने निर्णय फिर्ता लिन त्रिभुवन विश्वविद्यालयलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । अनेरास्ववियु क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम नेपाल, मधेशी विद्यार्थी फोरम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us