सबैलाई नसमेटे संविधान बने पनि विद्रोह – कमल थापा

काठमाण्डु टुडे २०७१ वैशाख १० गते १३:०० मा प्रकाशित

Kamal-Thapaहेटौँडा, १० वैशाख  – राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलले सबै दलहरुलाई समेटेर अगाडि बढ्नुपर्ने बताएका छन् । आज हेटौंडामा राप्रपा नेपालको २३ औं जिल्ला परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष थापाले सबैलाई नसमेटे संविधान बने पनि विद्रोह हुने बताए ।

नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी)ले पुरानै गतिविधि दोहोरयाएकाले एक वर्षभित्र संविधान बन्न नसक्ने थापाको ठोकुवा थियो । जनताको ‘म्याण्डेड’बिना नै झुक्याएर धर्म निरपेक्षता, गणतन्त्र र सङ्घीयता भित्र्याएको थापाको आरोप थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us