आरोहीका परिवारलाई पाँच लाख सहयोग

काठमाण्डु टुडे २०७१ वैशाख १० गते १२:३२ मा प्रकाशित

काठमाण्डु, १० वैशाख – सरकारले सगरमाथा आरोहणका क्रममा यही वैशाख ५ गते हिमपहिरोमा परी मृत्यु हुनेका परिवारलाई  पाँच लाख सहयोग दिने भएको छ ।

सो घटनामा परी १३ जना आरोहीले ज्यान गुमाएका थिए भने तीन जना बेपत्ता भएका थिए ।    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भीमप्रसाद आचार्यले यस प्राकृतिक विपत्ति परी ज्यान गुमाउनेका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सरकारले पीडित परिवारलाई  पाँच लाख सहयोग गर्ने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us