काठमाण्डु, १० वैशाख – त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकमाथि प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको छ । प्रहरीको लाठीचार्जबाट ८ जना घाइते भएका छन् ।
हरियो नम्बर प्लेट र कालो नम्बर प्लेटका ट्याक्सी चालकहरुवीच विाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको हो । हरियो नम्बर प्लेटका ट्याक्सी संचालनमा ल्याउनुअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै चालकहरुले प्रर्दशन गर्न लागेपछि लाठी चार्ज गरेको प्रहरीले जनाएको छ ।
पहिले भएको सहमति अनुसार पहिले क्यु हरियो नक्बर प्लेटका ट्याक्सीलाई दिनुपर्ने छ । तर त्यसो नभएको भन्दै चालकहरु आन्दोलित छन् । कालो नम्बर प्लेटका टयाक्सी चालकहरुले विमानस्थलमा हस्तक्षेप गरेको उनीहरुले आरोप लगाएका छन् । विमानस्थलमा अहिले २ सय ७ वटा हरियो नम्बर प्लेटका राम्रा ट्याक्सीसंचालनमा छन् । आगमनको बाहिर पार्किङ स्थानमा भएको झडप देखेर पर्यटकहरु पनि अचम्मित भएका थिए ।