विराटनगर, ११ वैशाख – संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले भोलि बस्ने संसदमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका सम्बन्धमा दलबीच सहमति कायम हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख नेम्बाङले विगतको संविधानसभामा संविधान निर्माणका लागि भएको सहमतिको स्वामित्व ग्रहण गर्ने विषयमा...
चितवन, ११ वैशाख – प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले एकै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार हुनु उपयुक्त नभएको बताएका छन् । भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उनले त्यसबारे प्राविधिक रुपमा ठीक नहुने राय आयोगले दिएको भए पनि राजनीतिक दलले नमानेको बताए । एकै व्यक्ति दुई...
काठमाण्डु, ११ वैशाख – भगवान् बुद्ध र सगरमाथाको देश भनेर विश्वभर चिनिएको सानो नेपालमा थुप्रै रहस्यहरु पनि छन् भन्ने कुरा नेपालमै जन्मेर हुर्केकालाई समेत थाहा नहुन सक्छ । तर, रुस र फ्रान्सबाट नेपालमा आएका अन्वेषकहरुले काठमाडौँमा कार्यपत्रमार्फत त्यस्तै आश्चर्यजनक रहस्यहरु सार्वजनिक गरे । फ्रान्सेली...
काठमाण्डु, ११ वैशाख – नेपाली काँग्रेसले संविधान मस्यौदा समितिको सभापतिमा महामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने भएको छ । बिहान बालुवाटारमा बसेको काँग्रेस पदाधिकारी बैठकले सिटौलालाई समितिको सभापति बनाउने निर्णय गरेको हो । संविधान मस्यौदा समितिको सभापतिमा काँग्रेस उपसभापति रामचन्द्र पौडेलले ईच्छा व्यक्त गरेपनि बैठकले सिटौलालाई...
काठमाण्डु, ११ वैशाख – व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकाहरु विरुद्ध उजुरी दिन आव्हान गरेको छ । समितिले सूचना निकालेर स्थायी न्यायाधीश पदमा नियुक्ति गर्न उपयुक्त भए नभएको विषयमा उजुरी दिन सबैलाई आग्रह गरेको छ । स्पष्ट आधार, सबुत...
काठमाण्डु, ११ वैशाख – प्रधानमन्त्री सुशील कोईरालाले तोकिएकै मितिमा संविधान बन्ने दावी गरेका छन् । लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोईरालाले अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण भैसकेकोले निर्धारित मितिमै संविधान बन्ने कार्यको प्रत्याभूति भैसकेको दावी गरेका हुन् । आउँदो माघ ८...
काठमाण्डु, ११ वैशाख –गिट्टी बोकेको ट्याक्टरले किच्दा सिरहाको राघोपुर ७ मा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा राघोपुर–७ का विनोद पासवानका पाँच बर्षीय छोरा राहुल पासवान रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । बतहा खोलाबाट गिट्टी...
काठमाण्डु, ११ वैशाख – समुदायमा आधारित जलवायु परिवर्तन अनुकूलसम्बन्धी आठौँ अन्तर्राष्ट्रिय सम्मेलन आज देखि काठमाडाँमा सुरुहुदै छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय वार्ता प्रक्रियामा अतिकम विकसित मुलुकहरुको अध्यक्षता गरिरहेकाले यो सम्मेलन काठमाडौमा हुन लागेको हो । आगामी १७ गते सम्म चल्ने सम्मेलनमा ‘स्थानीय...
काठमाडौँ, ११ वैशाख – पछिल्लो जनआन्दोलनका बलमा स्थापित लोकतन्त्र दिवस मनाउने क्रम आठौँ वर्षमा प्रवेश गरेको छ । तत्कालीन संसदवादी सात दल र नेकपा माओवादीबीच बाह्रबुँदे सहमति भएपछि सुरु भएको २०६२÷६३ को १९ दिने अभूतपूर्व आन्दोलनबाट मुलुकमा आजकै दिन लोकतन्त्र स्थापना भएको थियो ।...
काठमाण्डु ,१० वैशाख – सरकारले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको काम गर्ने गरी सहप्राध्यापक शिशिर रिजाललाई नियुक्त गरेको छ । कुलपति तथा प्रधानमन्त्री सुशील कोइरालाले सो पदमा रिजाललाई नियुक्त गरेको शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले जानकारी दिए । उपकुलपति महेश्वरमान श्रेष्ठलाई अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान...
इलाम, १० वैशाख – इलामको बाँझो–१ स्थित जङ्गलमा लागेको आगो निभाउने क्रममा आज बिहान एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । जङ्गलमा लागेको आगो निभाउने क्रममा माथिबाट आएको ढुङ्गाले किचेर बाँझो–१ का ५५ वर्षीय रामकुमार राईको घटनास्थलमै...
बनेपा, १० वैशाख – एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक दस्तावेज लेखेर आज दिउँसो काभ्रेबाट काठमाडौं फर्केका छन् । साङ्गठनिक तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित भएर आज दिनभर लेखिएको सो दस्तावेज अन्तिम चरणमा पुगेको र त्यसलाई काठमाण्डु पुगेर पूर्णता दिइने अध्यक्ष दाहालको...