इलाम, १० वैशाख – इलामको बाँझो–१ स्थित जङ्गलमा लागेको आगो निभाउने क्रममा आज बिहान एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
जङ्गलमा लागेको आगो निभाउने क्रममा माथिबाट आएको ढुङ्गाले किचेर बाँझो–१ का ५५ वर्षीय रामकुमार राईको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी सोही वडाका २३ वर्षीय रञ्जित राई र ५० वर्षीया भद्रमाया राई गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।
जङ्गलमा लागेको आगो गाउँवस्तीमा प्रवेश गर्न लागेपछि उनीहरु आगो निभाउन गएका हुन् ।