
काठमाण्डु, ११ वैशाख – व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकाहरु विरुद्ध उजुरी दिन आव्हान गरेको छ ।
समितिले सूचना निकालेर स्थायी न्यायाधीश पदमा नियुक्ति गर्न उपयुक्त भए नभएको विषयमा उजुरी दिन सबैलाई आग्रह गरेको छ ।
स्पष्ट आधार, सबुत प्रमाण खोलेर २० गतेभित्र समिति समक्ष उजुरी दिनुपर्नेछ । न्यायपरिषदले मुख्यन्यायाधीश वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्यय, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको नाम सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरेको छ ।