भक्तपुर, १२ वैशाख – भक्तपुर प्रहरीले पुल हाउसहरूमा होहल्ला गर्ने र सार्वजनिक स्थानमा बसेर अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्ने अभियान थालेको छ । सोही अभियानअन्तर्गत बिहीबार करिब दुई दर्जन युवालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेश थापाले जानकारी...
बेलौरी (कञ्चनपुर), १२ वैशाख – भारतबाट फर्किने नेपालीलाई बेहोस हुने औषधि खुवाएर लुटपाट गर्दै आएको गिरोहका तीन जना कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालयले मान्छे बेहोस हुने औषधि खुवाएर लुटपाट गर्दै आएको गिरोहका तीन जनालाई लुटेको रकम र औषधिसहित पक्राउ...
नवलपरासी, १२ वैशाख – खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तराई मधेस केन्द्रित विशेष सरसफाइ अभियान सुरु गरेको छ । पहाडी र भित्री मधेसका गाविसमा खुला दिसामुक्त अभियानले तीव्रगतिका साथ धमाधम खुला दिसामुक्त घोषणा भए पनि सोअनुरुप तराई मधेसमा गति लिन नसकेपछि सो कार्यालयले विशेष...
काठमाण्डु १२ वैशाख –आज विश्व औलो दिवस । औलोलाई हराउन भविष्यमा लगानी गरौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाईंदैछ । औलो रोग लामखुट्टेको टोकाईले मान्छेमा सर्छ । यो रोग आँखाले नदेखिने सुक्ष्म परजिवीको कारण लाग्छ । औलो रोगीलाई टोकेको लामखुट्टेले...
काठमाण्डु, १२ वैशाख –नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महशुल १५ दिन भित्र बुझाउन सबैलाई आह्वान गरेको छ । प्राधिकरणले सूचना निकालेर १५ दिन भित्र बक्यौता महशुल नबुझाए विद्युत लाईन काटेर बक्यौता रकम सहित परिवारको तीन पुस्ते विवरण सार्वजनिक गर्ने चेतावनी दिएको छ । प्राधिकरणका...
सोलुखुम्बु, १२ वैशाख – घर र गोठमा नै सन्तान जन्माउने सोलुखुम्बुका गर्भवती महिला अहिले अस्पतालसम्म जान थालेका छन् । आफूलाई सुरक्षित ठान्दै अस्पतालमा नै बच्चा जन्माउन आउने गरेका प्रसूति सेवा केन्द्र फाप्लुका प्रमुख सानी शेर्पाले बताउनुभयो । पछिल्लो तथ्याङ्कअनुसार साउनदेखि हालसम्म जिल्ला अस्पताल फाप्लुमा...
काठमाण्डु, १२ वैशाख – संविधानसभाका पाँच समिति मध्ये आज संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको चुनाव हुने भएको छ । बेलुकी पाँच बजे समितिको सभाकक्षमानै चुनाव हुने संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए । समितिको सभापतिका लागि नेपाली काँग्रेस, नेकपा एमाले र अरु केही...
काठमाण्डु, १२ वैशाख – एकीकृत नेकपा माओवादीका नेता बावुराम भट्टराइले मध्यरातमा हारगुहार गरेका छन् । आफूलाई समर्थन गरिदिन भट्टराईले मध्यरातमा सवैसँग गुहार मागेका हुन् । संविधानसभाको महत्वपूणर् समिति संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा आफूलाई समर्थन गर्न भट्टराईले अन्य दलसँग सहयोग मागेका छन्...
काठमाण्डु, १२ वैशाख – शाहीकालमा जिल्ला विकास समिति काठमाण्डुका तत्कालीन पदाधिकारीहरुले सरकारले सुविधाका लागि दिएको मोबाइल फोनसमेत फिर्ता गरेका छैनन् । ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा चुनिएका पदाधिकारीले मोबाइलसमेत पचाए । आफू सरुवा हुँदा वा अवकाश पाउँदा सरकारबाट पाएको मोबाइललगायतका जिन्सी...
चन्द्रनिगाहपुर, (रौतहट) ११ वैशाख – ब्रह्मपुरी गाविस–८ मा आज दिउँसो भीषण आगलागी हुँदा ३० घर जलेका छन् भने एक बालकको ज्यान गएको छ । आगलागीमा सुवोध गोसाइको तीन वर्षीय छोरा श्रृष गोसाईको ज्यान गएको हो । घरमा सुतिरहेका बालकलाई परिवारले निकाल्न बिर्सिएपछि ज्यान गएको...
काठमाण्डु, ११ वैशाख – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले काठमाडौँ क्रान्ति र प्रतिक्रान्ति दुवैको केन्द्रविन्दु भएको बताएका छन् । नेकपा–माओवादी दसाैँ काठमाण्डु जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै अध्यक्ष वैद्यले नयाँ जनवादी क्रान्तिको केन्द्र काठमाडौँलाई बनाउने गरी सङ्गठन मजबूत बनाउन कार्यकर्तालाई निर्देशन दिए । उनले आगामी...
काठमाण्डु, ११ वैशाख – संविधानसभामा रहेका विभिन्न १३ वटा साना राजनीतिक दलले संविधानसभाको नियमावलीबमोजिम समितिहरूले पूर्णता नपाई सभापति चयन गर्न लागिएको भन्दै आपत्ति प्रकट गरेका छन् । उनीहरूले आज संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई ध्यानाकर्षणपत्र बुझाउँदै समितिलाई पूर्णता प्रदान गरेर मात्रै समितिको नेतृत्व चयन...