एमाओवादीसँगको एकता कामभन्दा बढी हल्ला – वैद्य

काठमाण्डु टुडे २०७१ वैशाख ११ गते १३:५४ मा प्रकाशित

mohan 4 copyकाठमाण्डु, ११ वैशाख –  नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले काठमाडौँ क्रान्ति र प्रतिक्रान्ति दुवैको केन्द्रविन्दु भएको बताएका छन् ।

नेकपा–माओवादी दसाैँ काठमाण्डु जिल्ला सम्मेलनलाई आज  सम्बोधन गर्दै अध्यक्ष वैद्यले नयाँ जनवादी क्रान्तिको केन्द्र काठमाडौँलाई बनाउने गरी सङ्गठन मजबूत बनाउन कार्यकर्तालाई निर्देशन दिए ।

उनले आगामी असारमा हुने माओवादीको राष्ट्रिय सम्मेलनले क्रान्तिको ठोस खाका ल्याउने बताउँदै त्यसका लागि संयुक्त मोर्चा बनाउने प्रयासमा पार्टी लागेको जानकारी दिए ।

दलहरूबीच नयाँ आधारमा नयाँ एकताको खाँचो रहेको र सर्वपक्षीय सम्मेलनबाट मात्र सहमति खोज्नुपर्ने उनको भनाइ थियो ।

एमाओवादीसँगको एकता प्रक्रियाबारे चर्चा गर्दै उनले यो विषयमा कामभन्दा बढी हल्ला भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us