चन्द्रनिगाहपुर, (रौतहट) ११ वैशाख – ब्रह्मपुरी गाविस–८ मा आज दिउँसो भीषण आगलागी हुँदा ३० घर जलेका छन् भने एक बालकको ज्यान गएको छ । आगलागीमा सुवोध गोसाइको तीन वर्षीय छोरा श्रृष गोसाईको ज्यान गएको हो । घरमा सुतिरहेका बालकलाई परिवारले निकाल्न बिर्सिएपछि ज्यान गएको प्रहरीले जनाएको छ ।
आगलागीमा स्थानीय सोगारथ गोसाई, विनोद राउत, मन्टु दास, चनरदेव दास, कपिलेस्वर दास, रामसेवक दास, मनोज दास, रामकिशुन दासलगायत ३० परिवारको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट रु ६० लाखभन्दा बढीको को धनमाल जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ । आगलागीबाट ३० घर का दुईसयभन्दा बढी मानिस विस्थापित बनेका छन् ।