समाचार

पाँच वटै समितिले संविधानसभाबाहिरका दलसँग छलफल गर्ने

२०७१ वैशाख १३ गते ४:११

काठमाण्डु, १३ वैशाख –सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, व्यवस्थापिका संसदबाट पारित भएलगत्तै संबिधानसभामा गठन भएका ५ वटै समितिले संबिधानसभा भन्दा बाहिर रहेका दलहरुसंग पनि छलफल गर्ने भएका छन् । भित्र र बाहिर रहेका सबैदलले जनाताको भावना अनुरुपको संबिधान चाहेकाले उनिहरुसंगपनि छलफल गरी खाका...

दुर्घटनामा बर्षेनी १ सयको ज्यान जान्छ सुदूरपश्चिमा

२०७१ वैशाख १३ गते २:३५

काठमाण्डु, १३ वैशाख – सुदूरपश्चिममा सडक दुर्घटनाबाट बर्षेनी औसतमा एक सय जनाको मृत्यु हुने गरेको छ । सवारी दुर्घटनाको बिगत चार बर्षको तथ्याङ्क हेर्दा पछिल्ला बर्षहरुमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । असुरक्षित सडक, चालकहरुले मदिरा सेवन गरी सवारी चलाउने, यातायातका साधानहरुमा क्षमता...

गुप्तचर विभाग शक्तिशाली बनाउँदै सेना

२०७१ वैशाख १३ गते २:०५

काठमाण्डु, १३ वैशाख – नेपाली सेनाले गुप्तचर विभागलाई शक्तिशाली बनाउने गरी सांगठनिक पुनंसरचनाको प्रस्ताव गरेको छ । संगठन पुनर्संरचनाको प्रस्ताव सैनिक मुख्यालयले तेस्रोपटक रक्षा मन्त्रालयमा पठाएको छ । सैनिक मुख्यालयले पेस गरेको प्रस्तावमा सैनिक गुप्तचर विभाग (डिएमआई )लाई स्तरोन्नति गरेर शक्तिशाली बनाउने, मध्यपृतनाको हेडक्वार्टर...

सुरुङ्गमा थुनिएका १३ मजदुरको १४ घण्टापछि उद्धार

२०७१ वैशाख १३ गते १:२६

काठमाण्डु, १३ वैशाख – कास्कीको सिल्दूजुरेमा निर्माणाधीन २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत् आयोजनाको सुरुङ्गमा पहिरो जाँदा थुनिएका १३ जना मजदूरलाई झण्डै १४ घण्टापछि, सकुशल उद्धार गरिएको छ । हिजो दिउँसो १ बजे सुरुङ्गको मुखमा पहिरो जाँदा थुनिएका एक चिनियाँ सहित १३ जना मजदूरलाई...

कुँवर समाजको महाधिवेशन शुरु

२०७१ वैशाख १२ गते १३:३६

काठमाण्डु, १२ वैशाख – कु्ँवर समाज नेपालको पहिलो महाधिवेशन काठमाण्डूमा शुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको नेपालका पहिलो गभर्नर हिमालय शमशेर जबराले शुक्रवार उदघाटन गरे । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनमा समाजका देशभरका शाखाका प्रतिनिधिको सहभागीता छ । महाधिवेशनको उदघाटन गर्दै नेपालका...

तेश्रोलिंगीलाई पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र प्रदान गर्ने सरकारको घोषणा

२०७१ वैशाख १२ गते १२:५०

काठमाण्डु, १२ वैशाख –  सरकारले तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारको शैक्षिक प्रमाणपत्र प्रदान गर्ने भएको छ । सरकारले पहिलो पटक तेश्रोलिंगीलाई उनीहरुको पहिचान अनुसारकै शैक्षिक प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सार्वजनिक गरेको चौथो पञ्च वर्षिय राष्ट्रिय कार्ययोजनामा तेश्रोलिंगीलाई उनीहरुको...

संवैधानिक समितिको सभापति भट्टराई

२०७१ वैशाख १२ गते १२:०५

काठमाण्डु, १२ वैशाख – एकीकृत माओवादीका नेता बाबुराम भट्टराई संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा चयन भएका छन् ।  खुम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईले उम्मेदवारी फिर्ता लिएपछि भट्टराई सर्वसम्मत सभापति चयन भएका हुन् । राईले अन्तिम समयमा आएर नाम फिर्ता लिएका हुन् ।...

सुरुङमार्गमा थुनिएका १० मजदुरलाई अझै निकाल्न सकिएन

२०७१ वैशाख १२ गते ११:३७

कास्की, १२ वैशाख – कास्कीको सिल्दुजुरे गाविस ४ चाँसुमा निमार्णाधिन उपल्लो मादी हाईड्रोपावरमा सुरुङमार्गमा पहिरो जाँदा १० जना कामदार दिउँसो १ बजेदेखि थुनिएका छन् । थुनिएका १२ मध्ये २ जनालाई भने निकालिएको छ । उनीहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ । सुरुङ भित्र रहेका...

महासचिव पदबाट भोटेलाई फिर्ता बोलाइयो

२०७१ वैशाख १२ गते १०:३६

काठमाण्डु,  १२ वैशाख – नेपाल आदिबासी जनजाति महासंघका महासचिव पेम्बा भोटेलाइ नेपाल भोटे जनजाति सेवा समितिले महासंघको महासचिव पदबाट फिर्ता बोलाएको छ । भोटेले विधान विपरित काम गरेको, आदिवासी जनजातिको हकहितमा काम नगरेको र भोटे समुदायमा गुटउपगुट बनाएर भोटे समुदायमा फुट ल्याएको भन्दै समितिले महासचिव...

भिरबाट लडेर मृत्यु

२०७१ वैशाख १२ गते १०:०३

खोटाङ, १२ वैशाख – भिरबाट लडेर यहाँ  जलेश्वरी–३ का ५८ वर्षीय कुमार तामाङको आज मृत्यु भएको छ । आफन्तकहाँबाट घर फर्कँदै गर्दा स्थानीयवासी रमितेभिरबाट लडेका तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश देवले जानकारी दिए ।  तामाङको शव परीक्षणका लागि जिल्ला...

भरुवा बन्दुकसहित दुई नियन्त्रणमा

२०७१ वैशाख १२ गते १०:०३

चौतारा, १२ वैशाख – सिन्धुपाल्चोकको महाँकाल गाविसबाट गोली भरिएको भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले गए राति नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी सहायक निरीक्षक बलराम झाको नेतृत्वमा गएको टोलीले नियमित गस्तीका क्रममा राति २ बजे सो गाविसको वडा नं ५ को...

सेनालाई व्यावसायिक बनाउन दरिलो नीति ल्याइनेछ – प्रधानमन्त्री

२०७१ वैशाख १२ गते १०:००

काठमाण्डु,  १२ वैशाख –  प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चुनौतीहरुलाई सामना गरी देश र जनताको सुरक्षा गर्न सक्षम व्यावसायिक सेना बनाउन दरिलो  नीति बनाएर कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाली सेनाको नगरकोटमा अवस्थित सैनिक शिक्षालयमा पहिलो हाइयर कमान्ड...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us