कुँवर समाजको महाधिवेशन शुरु

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते १३:३६ मा प्रकाशित

20140425_164236काठमाण्डु, १२ वैशाख – कु्ँवर समाज नेपालको पहिलो महाधिवेशन काठमाण्डूमा शुरु भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनको नेपालका पहिलो गभर्नर हिमालय शमशेर जबराले शुक्रवार उदघाटन गरे ।

नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनमा समाजका देशभरका शाखाका प्रतिनिधिको सहभागीता छ ।

महाधिवेशनको उदघाटन गर्दै नेपालका पहिलो गभर्नर हिमालय शमशेर राणाले कु‌वर लगायत सम्पूर्ण क्षेत्रीहरुले आफ्नो मुलुकलाई आफ्नो अनुभूति गरेर बस्न पाउनुपर्ने बनाउन आवश्यक रहेकोमा जोड दिए ।

‘ हामीलाई अन्य भनेर उपेक्षा गर्ने काम भयो ।  हामी यहाँका आदिवासी हौ ।’ राणाले भने‘ हामी आदिवासी भएको कयौं प्रमाणहरु भेटिएका छन् । त्यसैले हामीले आफ्नो देशमा अरु सरह भएर बस्न पाउनुपर्छ ।’ त्यसका लागि ऐन संशोधनका काममा लाग्नुपर्ने भन्दै कुँवर समाजलाई त्यो दिशामा अघि बढ्न सुझाव दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us