
खोटाङ, १२ वैशाख – भिरबाट लडेर यहाँ जलेश्वरी–३ का ५८ वर्षीय कुमार तामाङको आज मृत्यु भएको छ ।
आफन्तकहाँबाट घर फर्कँदै गर्दा स्थानीयवासी रमितेभिरबाट लडेका तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश देवले जानकारी दिए । तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
मादकपदार्थ सेवन गरेर घर फर्किएका तामाङ आज बिहान करिब ९ बजेतिर भिरबाट लडेको स्थानीयवासीको भनाइ छ ।