
काठमाण्डु, १२ वैशाख – एकीकृत माओवादीका नेता बाबुराम भट्टराई संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा चयन भएका छन् । खुम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईले उम्मेदवारी फिर्ता लिएपछि भट्टराई सर्वसम्मत सभापति चयन भएका हुन् ।
राईले अन्तिम समयमा आएर नाम फिर्ता लिएका हुन् । कुनैपनि सार्वजनिक पदमा नबस्ने घोषणा गरेका भट्टराईले आफ्नै वाचा भुलेर समितिको नेतृत्व सम्हालेका हुन् । उनले गत पुष २६ गते संविधान निमार्ण नहुदाँसम्म सार्वजनिक पदमा नबस्ने घोषणा गरेका थिए ।