चौतारा, १२ वैशाख – सिन्धुपाल्चोकको महाँकाल गाविसबाट गोली भरिएको भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले गए राति नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी सहायक निरीक्षक बलराम झाको नेतृत्वमा गएको टोलीले नियमित गस्तीका क्रममा राति २ बजे सो गाविसको वडा नं ५ को जङ्गलबाट अभियुक्तलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीयवासी आइत तामाङ र बुद्धिबहादुर तामाङ छन् । अभियुक्त काइँला तामाङ भने भाग्न सफल भएका छन् । उनीहरुलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।