
काठमाण्डु, १२ वैशाख – नेपाल आदिबासी जनजाति महासंघका महासचिव पेम्बा भोटेलाइ नेपाल भोटे जनजाति सेवा समितिले महासंघको महासचिव पदबाट फिर्ता बोलाएको छ । भोटेले विधान विपरित काम गरेको, आदिवासी जनजातिको हकहितमा काम नगरेको र भोटे समुदायमा गुटउपगुट बनाएर भोटे समुदायमा फुट ल्याएको भन्दै समितिले महासचिव पदबाट भोटेलाइ तत्काल फिर्ता बोलाएको हो ।
आदिबासी जनजाति महासंघको महासचिव जस्तो गरिमाया पदमा रही पदीय दुरुपयोग, ब्यक्तिगत स्वार्थमा लागेको समितिको आरोप छ । पदीय दुरुपयोग नगर्न समितिले पटक–पटक सुझाव दिएपनि कुनै परिवर्तन नआएपछि महासचिव भोटेलाई फिर्ता बोलाएको समितिको पत्रमा उल्लेख छ । महासचिव भोटेले अबैधानिक कार्यसमिति गठन गरेको साथै कानुनी र बैधानिक रुपमा चैत २६ गते बाजुरामा सम्पन्न अधिबेशनबाट गठित समितिको समान्तर समिति गठन गरेको आरोप विज्ञप्तिमा उल्लेख छ ।
चैत २६ गतेको अधिवेशनले नृप थापाको नेतृत्वमा समिति गठन गरिएको भएपनि महासचिव पेम्बा भोटेले बैशाख ८ गते गठन गरेको समितिको अध्यक्षमा नवराज थापा रहेका छन् । यस्ता विवादित विषयलाई लिएर बैशाख ९ गते बसेको समितिको केन्द्रीय बैठकले नेपाल भोटे जनजाति सेवा समितिको विधानको भाग ८ को दफा २५ ९१० अनुसार फर्ता बोलाउने निर्णय गरेको समितिका अध्यक्ष तृर्प थापा ९भोटे० ले बताए । महासचिव भोटेलाई मताधिकार सहित भोटे सेवा समितिको समर्थनमा महासंघको महाधिवेशनमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।