समाचार

भतिजीलाई यौन शोषण

२०७१ वैशाख १४ गते ६:५५

विराटनगर, १४ वैशाख – चार वर्षदेखि आफ्नी भतिजीलाई यौन शोषण गर्ने एक पिपाशुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ उर्लाबारीमा भएको सो घटनामा पीडित महिलाको उजुरीमा पीडकलाई पक्राउ गरिएको हो । पीडक र पीडित दुवैको नाम प्रहरीले गोप्य राखेको छ...

मासु खाँदा बालिकाको मृत्यु, २५ जना सिकिस्त

२०७१ वैशाख १४ गते ६:५३

मुगु, १४ वैशाख –  सदरमुकाम गमगढी बजारदेखि पूर्वोत्तर भागमा पर्ने पुलु गाविसअन्तर्गत वडा नं ४, ५ र ६ सरोग गाउँमा एउटा मरेको झोप्के (याक र गाईको ठिमाहा) को मासु खाँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ । मासु खाने अन्य २५ जना सिकिस्त बिरामी...

गरिबीका कारण आत्महत्या

२०७१ वैशाख १४ गते ६:०६

चितवन, १४ वैशाख –  पश्चिम चितवनको शिवनगरका एक वृद्धले गरिबीका कारण आत्महत्या गरेका छन् । शिवनगर–५ निवासी ६६ वर्षका सुकबहादुर दर्जीले गरिबीका कारण आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले आज जानकारी दिएको छ । उनी बिरामी रहेको र घरको आर्थिक अवस्था कमजोर भएका कारण पीडा...

विवाद सुल्झाउने एमाओवादीको निष्कर्ष

२०७१ वैशाख १४ गते ४:२८

काठमाण्डु, १४ वैशाख –एकिकृत नेकपा माओवादीको कार्यालय बैठकले जिल्ला सम्मेलनमा देखिएको विवाद हल गरेर जाने निष्कर्ष निकालेको छ । विहान एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकमा आगामी राष्ट्रिय सम्मेलन, सम्मेलनको पुर्वसन्ध्यामा देखिएको विवाद, संविधान निर्माण प्रक्रिया लगायतका विषयमा छलफल भएको...

सवै मन्त्रालयका सचिवलाई प्रधानमन्त्रीले निर्देशन दिने

२०७१ वैशाख १४ गते ४:१४

काठमाण्डु, १४ वैशाख –प्रधानमन्त्री सुशील कोइरालाले आज सवै मन्त्रालयका सचिवहरुलाई सामुहिक निर्देशन दिने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा उनले सामुहिक निर्देशन दिने भएका हुन् । सरकार र मुख्य सचिवको निर्देशन विपरित विदेशी दातृनिकायकाको सहयोग लिने प्रयास गरेको, जनताका काम छिटो छरितो...

पहिरोमा थुनिएका मजदुरको मृत्यु

२०७१ वैशाख १४ गते ४:०७

काठमाण्डु, १४ वैशाख – माथिल्लो मादी जलविद्युत परियोजनामा पहिरो जाँदा थुनिएका तनहुँ दुलेगाैडाका २१ वर्षीय मजदुर सुजन गुरुङ मृत अवस्थामा फेला परेका छन् । बेपत्ता अन्य दुईको खोजी कार्य जारी छ । कास्कीको माथिल्लो जलविद्युत आयोजनाको निर्माणाधिन सुरुङ खन्ने क्रममा पहिरोले थुनिएका कामदारहरूमध्ये १३...

माधव नेपाललाई सुरक्षा दिने गाडीको ठक्करबाट बालिकाको मृत्यु

२०७१ वैशाख १४ गते ३:०२

काठमाण्डु, १४ वैशाख – एमाले वरिष्ठ नेता माधवकुमार नेपालको स्कटिर्ङ गरिरहेको गाडीको ठक्करबाट घाइते भएकी बालिकाको मृत्यु भएको छ । नेपालको स्कटिर्ङ गरिरहेको सशस्त्र प्रहरीको बा १ झ ९५३५ नम्बरको भ्यानले तीनकुनेमा ललितपुर लुभुकी तीन बर्षीया करिष्मा मिजारलाई ठक्कर दिएको थियो । उनको न्युरो...

पदका लागि मरिहत्ते गर्नेहरु पार्टी छाडे हुन्छ: प्रचण्ड

२०७१ वैशाख १३ गते १४:०२

काठमाण्डु, १३ वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदका लागि घुर्की र बार्गेनिङ गर्नेहरुलाई पार्टी छाडेर जान चुनौती दिएका छन् । पार्टीको काठमाण्डु जिल्ला अधिवेशनको शनिबार कपनमा उदघाटन गर्दै उनले कसैले घुर्की लगाउनेहरु अर्कै पार्टीमा गए पनि फरक नपर्ने बताएका हुन् । आफूहरुलाई...

माधव नेपालले केपी ओलीलाई भने, ‘गाली गरेर नेतृत्व पाइँदैन’

२०७१ वैशाख १३ गते १३:५८

काठमाण्डु, १३ वैशाख– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्वका लागि वैचारिक प्रतिस्पर्धामा उत्रन नेता केपी ओलीलाई चुनौती दिएका छन् । एमाले धादिङ–काठमाण्डु सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले अर्कालाई गाली गरेकै भरमा नेतृत्व लिने सपना नदेख्न ओलीलाई आग्रह गरे । ‘नेतृत्वका लागि...

वैद्य र चन्द पक्षबीच कुर्ची हानाहान

२०७१ वैशाख १३ गते १३:०६

काठमाण्डु, १३ वैशाख– काठमाण्डुको कीर्तिपुरमा जारी नेकपा–माओवादीको जिल्ला सम्मेलनमा दुई पक्षबीच कुर्ची हानाहान भएको छ । त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरको स्मृति हलमा जारी सम्मेलनमा नेतृत्व चयनमा विवाद भएपछि कुर्ची हानाहान भएको हो । संस्थापन पक्षले प्रस्ताव गरेको जिल्ला समिति अस्वीकार गर्दै सचिव नेत्रविक्रम चन्द...

बौद्धिक सम्पत्ति संरक्षणको माग गर्दै सडकमा उत्रिए कलाकार

२०७१ वैशाख १३ गते १३:०१

काठमाण्डु १३ वैशाख – नेपालका स्रष्टा सर्जकले बौद्धिक सम्पत्ति संरक्षणको माग गरेका छन् । विश्व बौद्धिक सम्पत्ति दिवशको अवसरमा सवैखाले बिधाका कलाकार र उत्पादकले राज्यले बौद्धिक सम्पत्ति संरक्षणमा जोड दिनुपर्ने बताए । दिवश मुभी अ ग्लोवल प्यासन भन्ने मूलनाराका मनाइएको हो । बौद्धिक सम्पत्ति...

काँग्रेस–एमालेलाई सुखसँग बस्न नदिने वैद्यको चेतावनी

२०७१ वैशाख १३ गते १२:५३

काभ्रे, १३ वैशाख– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले द्वन्द्वकालिन मुद्धा उचालेर आफ्ना नेता कार्यकर्तालाई जेल हाल्न खोजिए कसैलाई नछाड्ने चेतावनी दिएका छन् । नेकपा– माओवादी काभ्रेको तेश्रो जिल्ला सम्मेलनको शनिबार बनेपामा उदघाटन गर्दै वैद्यले एक पक्षीय रुपमा द्वन्द्वकालका घटना उचालिए जनयुद्धकालिन जनसत्ता र जनअदालत ब्युँताउने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us