
काठमाण्डु, १४ वैशाख – एमाले वरिष्ठ नेता माधवकुमार नेपालको स्कटिर्ङ गरिरहेको गाडीको ठक्करबाट घाइते भएकी बालिकाको मृत्यु भएको छ ।
नेपालको स्कटिर्ङ गरिरहेको सशस्त्र प्रहरीको बा १ झ ९५३५ नम्बरको भ्यानले तीनकुनेमा ललितपुर लुभुकी तीन बर्षीया करिष्मा मिजारलाई ठक्कर दिएको थियो । उनको न्युरो अस्पताल बाँसबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक कपिल खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।