
काठमाण्डु, १४ वैशाख –एकिकृत नेकपा माओवादीको कार्यालय बैठकले जिल्ला सम्मेलनमा देखिएको विवाद हल गरेर जाने निष्कर्ष निकालेको छ ।
विहान एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकमा आगामी राष्ट्रिय सम्मेलन, सम्मेलनको पुर्वसन्ध्यामा देखिएको विवाद, संविधान निर्माण प्रक्रिया लगायतका विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।
एमाओवादीले अहिले देशव्यापी रुपमा जिल्ला सम्मेलन जारी राखेको छ ।