वैद्य र चन्द पक्षबीच कुर्ची हानाहान

काठमाण्डु टुडे २०७१ वैशाख १३ गते १३:०६ मा प्रकाशित

maoist-flagकाठमाण्डु, १३ वैशाख– काठमाण्डुको कीर्तिपुरमा जारी नेकपा–माओवादीको जिल्ला सम्मेलनमा दुई पक्षबीच कुर्ची हानाहान भएको छ ।

त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरको स्मृति हलमा जारी सम्मेलनमा नेतृत्व चयनमा विवाद भएपछि कुर्ची हानाहान भएको हो । संस्थापन पक्षले प्रस्ताव गरेको जिल्ला समिति अस्वीकार गर्दै सचिव नेत्रविक्रम चन्द पक्षले कुर्ची हानेको हो । संस्थापन पक्षले ९९ सदस्यीय जिल्ला समिति प्रस्ताव गरेको छ । कुर्ची हानाहानपछि त्यस क्षेत्रको वातावरण तनावपूर्ण बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us