समाचार

ट्रक दुर्घटनामा दुईको मृत्यु

२०७१ वैशाख १४ गते १६:१३

कालिकोट, १४ वैशाख –  सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत दाहाँ गाविसको मौलाकाटियामा ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । ना४ख ४६६४ नम्बरको ट्रक जुम्लाबाट सुर्खेत जाँदै गरेको अवस्थामा दुर्घटनामा परी सल्यान जिल्ला घर भएका २३ वर्षीय ट्रक चालक भागिराम डाँगी र कैलाली बौनिया...

चट्याङ लागेर मृत्यु

२०७१ वैशाख १४ गते १२:३५

हेटौँडा, १४ वैशाख –  चट्याङ लागेर आज अपराह्न मकवानपुर जिल्लाको वसामाडी गाविस–२ बस्ने वर्ष ४५ की गीता भण्डारीको मृत्यु भएको छ । मल लिएर खेतबारीमा जाँदै गर्दा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

लड्डु खुवाएर पाँच लाख लुट्ने सार्वजनिक

२०७१ वैशाख १४ गते १२:३४

काठमाण्डु, १४ वैशाख – चोरीको अभियोगमा पक्राउ परेका सोलुखुम्बु तिङ्लाकाका दीपक भुजेललाई चोरिएका सामान र नगदसहित महानगरीय प्रहरी अपराध महाशाखाले आज सार्वजनिक गरेको छ । सवारी चालकको काम गर्दैआएका अभियुक्त भुजेलले गएको बिहीबार भारतीय नागरिक सदाव हमाम खानलाई बा८च ६२७९ नम्बरको गाडीमा राखेर पाटन...

जागिर दिन्छु भन्दै बलात्कार

२०७१ वैशाख १४ गते ११:१९

मोरङ, १४ वैशाख – मोरङमा जागिर दिन्छु भन्दै बलात्कार गर्ने एक युवक पक्राउ परेका छन् । केरावारी–२ का २९ वर्षीय मणि तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनले बैशाख ११ गते भोगटेनी–२ का १५ वर्षीया बालिकालाई ललाई फकाई काममा लगाई दिन्छु भनी लिएर गई...

आमा मार्ने पक्राउ

२०७१ वैशाख १४ गते ११:१४

तनहुँ, १४ वैशाख – आफुलाई जन्म दिएकी आमालाई हत्या गरेको अभियोगमा तनहुँ प्रहरीले रामु सुनारलाई पक्राउ गरेको छ । ढोरफिर्दी–२ बस्ने २१ बर्षीय रामु सुनारले गएराति ५५ बर्षीया आमा भिममायाँ सुनारलाई दाउराको चिरपटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सुनारलाई नियन्त्रणमा...

परिवर्तनकारीबीच धु्र्वीकरण आवश्यकः वैद्य

२०७१ वैशाख १४ गते १०:२२

काठमाण्डु, १४ वैशाख –  नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले परिवर्तनका संवाहक शक्तिलाई किनारा लगाउने काम भएको छ भन्दै परिवर्तनकारीबीचको ध्रुवीकरण आवश्यक भएको बताएका छन् । हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानद्वारा आज काठमाण्डुमा आयोजित ‘परम्परागत संस्कार-संस्कृतिको विकल्पको खोजी’ विषयका विचारगोष्ठीमा अध्यक्ष वैद्यले संविधानसभाबाट जनताको संविधान बन्ने सम्भावना...

पार्टीभित्र भएका कमजोरीप्रति आत्मसमीक्षा गरिने

२०७१ वैशाख १४ गते १०:१८

चितवन, १४ वैशाख – एकीकृत नेकपा (माओवादी)का नेता कृष्णबहादुर महराले डेढ वर्षभित्रमा पार्टी पहिलेकै अवस्थामा आउने जिकिर गरेका छन् । एकीकृत नेकपा (माओवादी) चितवनको छैटौँ जिल्ला सम्मेलनको आज पश्चिम चितवनको रामपुरमा उद्घाटन गर्दै उनले पार्टीभित्र भएका कमजोरीप्रति आत्मसमीक्षा गर्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने अवस्था आएको...

साङ्लोमुक्त हात्तीसार बनाउने अभियान

२०७१ वैशाख १४ गते १०:१४

चितवन, १४ वैशाख – चितवन राष्ट्रिय निकुञ्जभित्रका हात्तीसारमा आजदेखि साङ्लोमुक्त हात्तीसार बनाउने अभियान सुरु भएको छ । बाघमारा पोेस्टबाट कृष्णप्रसाद नामको हात्तीलाई आज साङ्लोमुक्त गरी अभियानको थालनी गरिएको हो । एलिफन्ट एड इन्टरनेसनलले विश्वमा नै पहिलो पटक नेपालको चितवन राष्ट्रिय निकुञ्जमा हात्तीलाई साङ्लोमुक्त बनाउने...

निगमले नयाँ विमान लेरायो

२०७१ वैशाख १४ गते ९:५४

काठमाण्डु, १४ वैशाख – चीन सरकारले  नेपाल वायु सेवा निगमलाई अनुदानमा पठाएको विमानले काठमाण्डुमा अवतरण गरेको छ । विमान अवतरण गरेपछि बिशेष पूजाआजा गरिएको छ ।  विमानलाई स्वागत गर्न बाजा गाजाको व्यबस्था मिलाइएको थियो । विमानको ५६ सिट क्षमता छ । चरम राजनैतिक हस्तक्षेप...

धरापमा मनकामना मन्दिर, जतिबेला पनि भत्किन सक्छ !

२०७१ वैशाख १४ गते ९:०३

गोरखा, १४ वैशाख – गोरखाको प्रसिद्ध मनकामना माईको मन्दिर धरापमा छ । मन्दिर जतिबेला पनि भत्कने सक्ने स्थितिमा छ । मन्दिर दक्षिण पश्चिमतर्फ ६ इन्च ढल्केको भने मूल ढोका १४ सेन्टिमिटर ढल्केको छ । दैनिक ५ हजारदेखि १० हजार भक्तजन पुग्ने मन्दिर एक्कासी भत्किए के...

महानगरपालिका घेराउ

२०७१ वैशाख १४ गते ८:५७

काठमाण्डु, १४ वैशाख – सडक व्यवसायीले नयाँ सडक निर्माण र विस्तार हुँदा स्वरोजगार व्यवसायीलाई स्थान छुट्याइनुपर्ने भन्दै आज काठमाडौँ महानगरपालिका घेराउ गरेको छन् । राष्ट्रिय स्वरोजगार व्यापार सङ्घ, संयुक्त व्यापार व्यवसायी सङ्घ र नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घमा आबद्ध व्यवसायीले वैकल्पिक रोजगारीको माग गरेका हुन्...

दलित समावेशीकरणका लागि सञ्चार ऐनमा परिमार्जन गर्नुपर्छ – मन्त्री डा रिजाल

२०७१ वैशाख १४ गते ८:०४

काठमाण्डु, १४ वैशाख – सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सञ्चारगृहमा दलित समावेशीकरणका लागि सञ्चार ऐनमा परिमार्जन गर्नुपर्ने बताएका छन् । विभिन्न सञ्चारमाध्यममा कार्यरत दलित पत्रकारको ज्ञापनपत्र मन्त्रालयमा आज बुझ्दै उनले सञ्चार क्षेत्रमा दलितलगायत जनजाति, मधेसी समुदायको समेत प्रतिनिधित्व अत्यन्त कम रहेकाले सञ्चार नीति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us