पार्टीभित्र भएका कमजोरीप्रति आत्मसमीक्षा गरिने

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते १०:१८ मा प्रकाशित

krishna_bahadur_maharaचितवन, १४ वैशाख – एकीकृत नेकपा (माओवादी)का नेता कृष्णबहादुर महराले डेढ वर्षभित्रमा पार्टी पहिलेकै अवस्थामा आउने जिकिर गरेका छन् । एकीकृत नेकपा (माओवादी) चितवनको छैटौँ जिल्ला सम्मेलनको आज पश्चिम चितवनको रामपुरमा उद्घाटन गर्दै उनले पार्टीभित्र भएका कमजोरीप्रति आत्मसमीक्षा गर्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने अवस्था आएको बताए । पूर्वउपप्रधानमन्त्री महराले एक वर्षभित्र संविधान बनाउन पार्टी लाग्ने बताए । सोमबारसम्ममा पार्टीको जिल्ला नेतृत्व चयन गर्दै सम्मेलन सकिने छ

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us