
काठमाण्डु, १४ वैशाख – सडक व्यवसायीले नयाँ सडक निर्माण र विस्तार हुँदा स्वरोजगार व्यवसायीलाई स्थान छुट्याइनुपर्ने भन्दै आज काठमाडौँ महानगरपालिका घेराउ गरेको
छन् ।
राष्ट्रिय स्वरोजगार व्यापार सङ्घ, संयुक्त व्यापार व्यवसायी सङ्घ र नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घमा आबद्ध व्यवसायीले वैकल्पिक रोजगारीको माग गरेका हुन् । उनीहरुले तेस्रो चरणको आन्दोलनका क्रममा आज महानगरपालिका बिहान ११ बजेदेखि १ बजेसम्म घेराउ गरेका
हुन् ।
सरकारले सडक पेटीमा व्यवसाय सञ्चालन गर्दा पैदल यात्रुलाई समस्या भएको भन्दै गत फागुन १४ देखि त्यस क्षेत्रमा व्यवसाय सञ्चालनमा रोक लगाएको थियो । त्यसपछि उनीहरु क्रमिक रुपमा शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् ।
नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घका अध्यक्ष कुमार सापकोटाले रोजगारीको कुनै विकल्प नभएर साँझ बिहान निश्चित समय सडक पेटीमा बसी स्वरोजगार सिर्जना गर्दै आएका व्यवसायीलाई विकल्प दिएर विस्थापन गर्नुपर्ने बताए ।