समाचार

ट्याङ लागेर एकको मृत्यु, तीन घाइते

२०७१ वैशाख १५ गते १३:५८

इलाम, १५ वैशाख – अबिरल वर्षासँगै गएराति परेको चट्याङ लागेर इलामको जीतपुरमा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घरमा खाना खाइरहेको अवस्थामा चट्याङ लागेर जीतपुर–६ का ३५ वर्षीय नेत्रबहादुर मगरको मृत्यु भएको हो । चट्याङ लागेर छ महिने...

बाल विवाहको आरोपमा दुई युवक पक्राउ

२०७१ वैशाख १५ गते १३:५७

रुकुम, १५ वैशाख – बाल विवाहको आरोपमा रुकुम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बाँफीकोट–८ भाग्लेका १९ वर्षीय भरत विकलाई प्रहरीले पक्राउ गरेको हो । स्यालापाखा–४ की १४ वर्षीया विस्मति विसीसँग बिहे गरेको भन्दै बालिकाका आफन्तले युवकविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । बालिकाका...

लगानीकर्ताको मन जित्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

२०७१ वैशाख १५ गते १३:५५

काठमाण्डु, १५ वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले लगानीकर्ताको मन जित्ने गरी काम गर्न विभिन्न मन्त्रालयका सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रधामन्त्रीको कार्यालय सिंहदरवारमा आज आयोजित ‘राष्ट्रिय गौरवका आयोजना’ विषयक समीक्षा बैठकमा उनले मन्त्रालयहरुबीचको खिचातानी, पारदर्शिताको अभावलगायतका कारणबाट लगानीकर्ता फर्कन नहुने बताए ।...

पोखरा न्यूरोडस्थित सहकारीबाट ३१ लाख लुटपाट

२०७१ वैशाख १५ गते १३:२७

पोखरा, १५ वैशाख – पोखरा न्यूरोडस्थित एक सहकारीबाट ३१ लाख लुटपाट भएको छ । मेघा बचत तथा ऋण सहकारीमा पैसा लिन गएका यति डेभलोपमेन्टमा कर्मचारी भगवान बराललाई गोली हानेर  लुटेराहरुले ३१ लाख लुटपाट गरेको हो । ३ जनाको समुहमा आएका लुटेराहरुले बराललाई गोली हानी रकम...

गोर्खाली सेना वीरहरूमध्येका पनि वीर’ – बेलायती राजदूत

२०७१ वैशाख १५ गते १३:०५

काठमाण्डु, १५ वैशाख । नेपालका लागि बेलायती राजदूत एन्डी स्पाक्र्सले गोर्खाली सेनाको प्रशंसा गरेका छन् । बेलायती महारानीको जन्मदिवस समारोहलाई सम्बोधन गर्दै उनले नेपालका गोर्खा सिपाईहरू बेलायती सेनाका महत्वपूर्ण अंग बनेको भन्दै प्रशंसा गरेका हुन् । उनले गोर्खाली सेनाहरुलाई निष्ठावान, अनुशासित र ‘वीरहरूमध्येका पनि...

सशक्त मोर्चाबन्दी गरे एक वर्षभित्रै सङ्घीय संविधान प्रचण्ड

२०७१ वैशाख १५ गते १२:४९

लहान, १५ वैशाख – एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी र अग्रगामी शक्तिले सशक्त मोर्चाबन्दी गरे एक वर्षभित्रै सङ्घीय संविधान बन्ने बताएका छन् । एमाओवादी सिरहाको तेस्रो जिल्ला सम्मेलनको मिर्चैयामा आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौतासहित मुख्य दलबीच...

नवजात शिशुको हत्या गरी फाल्ने आमा पक्राउ

२०७१ वैशाख १५ गते १२:२७

सिन्धुपाल्चोक, १५  वैशाख –  नवजात शिशु जन्माई हत्या गरेर फालेको अभियोगमा मेलम्ची–९ खानीगाउँ बस्ने २७ बर्षीया सरिता घलेलाई प्रहरीले पक्राउ गरेको छ । उनले बैशाख १० गते विहान शिशु जन्माई हत्या गरेर कपडाले पोको पारी सोही ठाउँको पाखो बारीमा फालेकी थिइन । शव सडी...

बाबुराम पक्षले रसुवामा संस्थापन पक्षका नेता कुटे

२०७१ वैशाख १५ गते १२:१३

रसुवा, १५ वैशाख – एकीकृत माओवादी रसुवाको चौथौं जिल्ला सम्मेलनमा बाबुराम भट्टराई पक्षका नेताहरुले संस्थापन पक्षका नेताहरुलाई मरणासन्न हुनेगरी कुटपीट गरेका छन् । पूर्वसभासद प्रेम तामाङले सम्मेलनमा आफू निकटलाई जिल्ला सदस्य बनाउनुपर्ने भन्दै संस्थापन पक्षका २ जनालाई मरणासन्न हुनेगरी कुटपीट गरेका हुन् । प्रेम...

प्रधानन्यायाधीशसहित न्याय परिषद्का सदस्यलाई संसदीय कठघरामा उभ्याउन बारकाे माग

२०७१ वैशाख १५ गते ११:४६

काठमाण्डु, १५ वैशाख – न्यायाधीश नियुक्ति प्रक्रियामा गम्भिर गल्ती गरेको भन्दै प्रधानन्यायाधीशसहित न्याय परिषद्का सबै सदस्यलाई संसदीय कठघरामा उभ्याउन नेपाल बार एशोसिएसनले कडा माग गरेको छ । काठमाण्डुमा आज बसेको बारको बैठकले न्यायाधीश नियुक्ति प्रक्रियामा गम्भिर गल्ती गरेको भन्दै आपत्ति जनाएको हो । न्यायाधीश नियुक्तिका...

नेपाल वायु सेवा निगमको सेवा विराटनगरबाट सुरु हुने

२०७१ वैशाख १५ गते ११:००

विराटनगर, १५ वैशाख – लामो समयदेखि बन्द रहेको नेपाल वायु सेवा निगमको विराटनगरदेखि काठमाण्डुको यात्रा वैशाख २७ गतेबाट सुरु हुने गर्ने भएको छ । निगमको पूर्वाञ्चल क्षेत्रीय प्रबन्धक हिमालचन्द्र गौतमले वैशाख २७ गतेबाट सुरु हुने जानकारी दिएका हुन् । चीन सरकारले एमए ६० को...

एमाले र एमाओवादीले नाम नदिदा २६ को मनोनयन रोकीयो : मन्त्री खड्का

२०७१ वैशाख १५ गते १०:०३

काठमाण्डु, १५ वैशाख – सहकारी विकास मन्त्री डा. नारायण खड्काले नेकपा एमाले र एमाओवादीले समयमै नाम सिफारिस नगरेका कारण संविधानसभामा २६ जनाको मनोनयन हुन नसकेको बताएका छन् । रिपोटर्स क्लव नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री खड्काले भने, ‘काँग्रेसले नाम तय गरिसकेको छ, एमाले र एमाओवादीले...

दशवर्षे द्वन्द्वको घाउ मेटाउन सरकार प्रतिबद्ध

२०७१ वैशाख १५ गते ९:५५

अर्घाखाँची, १५ वैशाख – उपप्रधानमन्त्री वामदेव गौतमले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र दशवर्षे द्वन्द्वको घाउ मेटाउन सरकार प्रतिबद्ध भएर लागेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गर्दै गृहमन्त्री गौतमले शान्ति प्रक्रियालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us