सिन्धुपाल्चोक, १५ वैशाख – नवजात शिशु जन्माई हत्या गरेर फालेको अभियोगमा मेलम्ची–९ खानीगाउँ बस्ने २७ बर्षीया सरिता घलेलाई प्रहरीले पक्राउ गरेको छ । उनले बैशाख १० गते विहान शिशु जन्माई हत्या गरेर कपडाले पोको पारी सोही ठाउँको पाखो बारीमा फालेकी थिइन ।
शव सडी गन्ध आइपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । प्रहरी पुगेर अनुसन्धान गरेपछि प्रहरीले घलेलाई पक्राउ गरेको थियो ।