
लहान, १५ वैशाख – एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी र अग्रगामी शक्तिले सशक्त मोर्चाबन्दी गरे एक वर्षभित्रै सङ्घीय संविधान बन्ने बताएका छन् ।
एमाओवादी सिरहाको तेस्रो जिल्ला सम्मेलनको मिर्चैयामा आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौतासहित मुख्य दलबीच भएको चारबुँदे सम्झौताअनुरुप सङ्घीय संविधानका लागि परिवर्तनकारी र अग्रगामी एजेन्डा बोकेका शक्तिबीच मोर्चाबन्दी हुने उल्लेख गरे । पार्टीको हेटौंडा महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा अनुरुप साङ्गठनिक संरचना बन्न नसकेको उल्लेख गर्दै उनले राष्ट्रिय सम्मेलनले सङ्गठन सुदृढीकरण र परिचालन गरी परिवर्तनको आन्दोलनलाई अन्य परिवर्तनकामी शक्तिको सहकार्यमा निर्णायक बनाइने छ भने ।