ट्याङ लागेर एकको मृत्यु, तीन घाइते

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते १३:५८ मा प्रकाशित

इलाम, १५ वैशाख – अबिरल वर्षासँगै गएराति परेको चट्याङ लागेर इलामको जीतपुरमा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

घरमा खाना खाइरहेको अवस्थामा चट्याङ लागेर जीतपुर–६ का ३५ वर्षीय नेत्रबहादुर मगरको मृत्यु भएको हो ।

चट्याङ लागेर छ महिने बालकसहित तीनजना घाइते भएका छन् । जीतपुर–१ की शान्तामाया मगर, रमिला राई, इलाम नगरपालिका–५ की सुस्मिता तामाङ गम्भीर घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us