
विराटनगर, १५ वैशाख – लामो समयदेखि बन्द रहेको नेपाल वायु सेवा निगमको विराटनगरदेखि काठमाण्डुको यात्रा वैशाख २७ गतेबाट सुरु हुने गर्ने भएको छ । निगमको पूर्वाञ्चल क्षेत्रीय प्रबन्धक हिमालचन्द्र गौतमले वैशाख २७ गतेबाट सुरु हुने जानकारी दिएका हुन् ।
चीन सरकारले एमए ६० को ५६ सिट क्षमताको जहाज नेपाललाई दिएपछि यो सेवा सुरु हुन लागेको हो । विहान सवा बजे सुरु हुने हवाई सेवा हप्ताको छदिन चल्ने र एक दिन विश्राम लिने बताइएको छ ।
विगतमा विराटनगरबाट काठमाण्डु लागि निगम, सीता, यति, निकोन, कस्मिक, बुद्ध , अग्नि एयरहरूले सेवा सञ्चालन गरेको थियो, अहिले सीता, कस्मिक, निकोन, अग्निसँगै निगमको पनि सेवा बन्द भएको छ ।
बुद्ध र यति एयरलाइन्सले अहिलेसम्म सेवालाई निरन्तरता दिएका छन् । नेपाल वायु सेवा निगमको २० वर्षपछि यात्रा सुरु हुने भए पछि यात्रुहरू खुसी भएका छन् ।
निगमले विराटनगरबाट काठमाण्डुका लागि एक यात्रुबाट भाडा दुई हजार १०, इन्धन शुल्क तीन हजार ३०५ एयरपार्ट चार्ज २०० गरी पाँच हजार ५१५ कायम गरेको छ ।
जबकी बुद्ध र यति एयरले चार हजार ५०० देखि सात हजार ७५ सम्मको छ किसिमको भाडादर कायम गरेकाले निगमको सेवाबाट धेरै यात्रु लाभान्वित हुने प्रबन्धक गौतमको दाबी छ ।