काठमाण्डु, १६ वैशाख – सभासद्हरुले न्यायायलयमा विवादास्पद ब्यक्तिलाई ल्याउन लागेको भन्दै ब्यवस्थापिका संसदको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा बोल्दै सभासद्हरुले न्यायपरिषद्ले सर्वोच्च अदालतमा न्यायधिश नियुक्तीका लागी सिफारिस गरेका न्यायधिशहरु मध्ये केही खराब छविको रहेको भन्दै चासो ब्यक्त गरेका हुन् । उनीहरुले...
काठमाण्डु, १६ वैशाख – महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले आजदेखि ‘बलात्कारविरुद्ध राष्ट्रिय अभियान’सुरु गरेको छ । अभियानअन्तर्गत बलात्कारसम्बन्धी हालको विभेदपूर्ण कानुनमा संशोधन गरी ३५ दिने हदम्यादको खारेज गरेर पीडितले जुनसुकै समय पनि उजुरी दिनसक्ने व्यवस्था तथा द्रुतन्याय प्रणाली (फास्ट ट्रयाक कोर्ट) चाँडो गठन गरी...
वीरगन्ज (पर्सा), १६ वैशाख – पर्साको लिपनीबिर्ता गाविस वडा नम्बर ९ स्थित विश्वकर्मा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । उद्योगमा काम गरिरहेका बेला उदयपुर घुर्मी गाविस वडा नम्बर ५ घर भएका रामाशिष राउत अहिरको लोडरले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।...
काठमाण्डु, १६ वैशाख – काठमाण्डु महानगरपालिकाले नियमितरुपमा कर नतिर्ने करदाता व्यापारिक संस्थाबाट फोहोर सङ्कलन कार्य रोक्ने भएको छ । महानगरपालिकाभित्र रहेका ठूल्ठूला व्यापारिक कम्प्लेक्स र होटलले महानगरपालिकामा बुझाउनु पर्ने विभिन्न कर नबुझाएका कारण यही वैशाख १८ गतेदेखि ती संस्थाबाट निस्कने फोहोर सङ्कलन नगर्ने राजस्व...
हुम्ला, १६ वैशाख – राष्ट्रिय जनमोर्चा हुम्लाका अध्यक्ष छक्कबहादुर बुढाले आफू स्वतन्त्र रुपले बस्ने जनाउँदै राजीनामा दिएका छन् । सचिव कल्याण बुढा र कोषाध्यक्ष रामफुन्जोक लामासमक्ष राजीनामा पेस गर्दै बुढाले अब आफू कुनै पार्टीमा नलागी स्वतन्त्र रुपले बस्ने जानकारी सदरमुकाम सिमीकोटमा दिए ।...
काठमाण्डु, १६ वैशाख – ऐतिहासिक एवम् सांस्कृतिक रुपले महत्वपूर्ण मानिने कीर्तिपुर क्षेत्रको पर्यटनलाई व्यवस्थित बनाउने लक्ष्यका साथ पर्यटन शुल्क लगाउने तयारी गरिएको छ । कीर्तिपुर पर्यटन सूचना केन्द्र र कीर्तिपुर नगरपालिकाको सहकार्यमा आगामी आवको सुरुदेखि नै सो काम हुन लागेकोे हो । कीर्तिपुर नगरपालिकाको १९ औँ...
काठमाण्डु, १६ वैशाख – एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई कार्यकर्तासँग भेटघाट गर्न निषेध गरिएको छ । निरन्तरको भेटघाटले आराम हुन नसकेको भन्दै चिकित्सकले ओलीलाई कार्यकर्तासँग भेट गर्न निषेध गरेका हुन् । ओलीलाई पार्टीका शीर्ष नेता र घर परिवारका सदस्य वाहेक अरुलाई भेट...
काठमाण्डु, १६ वैशाख – संवैधानिक राजनीति संवाद तथा सहमति समितिले भदौ महिनाभित्रै संविधानको पहिलो मस्यौदा ल्याउनेगरी कार्यतालिका पारित गरेको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले संविधानसभाका अन्तर्वस्तुमा सहमति कायम गर्दै भदौ महिनाभित्रै पहिलो मस्यौदा सार्वजनिक गर्ने कार्ययोजनासहितको कार्यतालिका पारित गरेको हो । संविधानसभा...
काठमाण्डु, १६ वैशाख – व्यस्थापिका संसदको चालु अधिवेशन आजबाट अन्त्य हुने भएको छ । व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख सुवासचन्द्र नेम्वाङले पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ । केही सातापछि बजेट अधिवेशन सुरु हुने भएकाले अहिले सदन अन्त्य गर्न लागिएको हो ।...
गुल्मी, १६ वैशाख – गुल्मीको दुविचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । गौँडाकोटबाट तम्घास आउँदै गरेको लु .११.प ७१८२ नम्बरको मोटरसाइकल दुविचौर–४ खोल्टेपानीमा सोमबार साँझ दुर्घटना हुँदा तम्घास–२ निवासी २८ वर्षीय दानबहादुर खत्रीको मृत्यु भएको हो । म्यालपोखरी माध्यमिक विद्यालय गौँडाकोटका...
काठमाण्डु, १६ वैशाख – आज जन्मदिने आमाको मुख हेर्ने दिन । आमालाई मिठामीठा परिवकार खुवाएर यो पर्व मनाइने गरिन्छ । वैशाख कृष्णपक्ष औसीको दिन नेपालीले यो पर्व मनाउने चलन छ । आमाले पनि यस दिन छोराछोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष...
काठमाण्डु, १६ वैशाख – व्यवस्थापिका संसदको हिउँदे अधिवेशन आजवाट सकिदै छ । गत माघ १२ गतेदेखि शुरु भएको अधिवेशनमा आजसम्म ३१ दिनमा ३२ वटा बैठक बसको थियोे । यो अवधिमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधयेक संसदबाट पारित भएको छ । ...