काठमाण्डु, १६ वैशाख – सभासद्हरुले न्यायायलयमा विवादास्पद ब्यक्तिलाई ल्याउन लागेको भन्दै ब्यवस्थापिका संसदको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा बोल्दै सभासद्हरुले न्यायपरिषद्ले सर्वोच्च अदालतमा न्यायधिश नियुक्तीका लागी सिफारिस गरेका न्यायधिशहरु मध्ये केही खराब छविको रहेको भन्दै चासो ब्यक्त गरेका हुन् । उनीहरुले न्यायपालिका स्वतन्त्र हुने पद्धतिको ब्यवस्था गर्न समेत माग गरेका छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, संघिय समाजवादी पार्टीकी राधादेवी तिमल्सीना, नेपाली काँग्रेसका रामहरी खतिवडा, एमाले सभासद् रामेश्वर फुयाँल, एमालेकै रञ्जु ठाकुर लगायतले न्यायलयको छवि माथी प्रश्न उठ्ने अवस्था आएको भन्दै सचेत हुन संसदको ध्यानाकर्षण गराएका हुन् ।