कीर्तिपुमा पर्यटन शुल्क लगाउने तयारी

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते ६:२९ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख – ऐतिहासिक एवम् सांस्कृतिक रुपले महत्वपूर्ण मानिने कीर्तिपुर क्षेत्रको पर्यटनलाई व्यवस्थित बनाउने लक्ष्यका साथ पर्यटन शुल्क लगाउने तयारी गरिएको छ । कीर्तिपुर पर्यटन सूचना केन्द्र र कीर्तिपुर नगरपालिकाको सहकार्यमा आगामी आवको सुरुदेखि नै सो काम हुन लागेकोे हो ।

कीर्तिपुर नगरपालिकाको १९ औँ नगरपरिषद्ले यस क्षेत्रको पर्यटकीय सम्भावनालाई अझै विकास गर्न विदेशी पर्यटकसँग सेवा शुल्क लिने निर्णय गरेकामा त्यस सम्बन्धमा छलफल भइरहेको कीर्तिपुर पर्यटक सूचना केन्द्रका कार्यालय सचिव वीरेन्द्र शाक्यले जानकारी गराए ।

उनले नगरपरिषद्ले सार्क राष्ट्रका पर्यटकका लागि प्रतिव्यक्ति १०० र सार्क बाहिरका पर्यटकका लागि ३०० पर्यटक शुल्क कायम गर्ने निर्णय गरे पनि उक्त शुल्कमा एकरुपता कायम गर्ने सम्बन्धमा नगरपालिका कार्यालयसँग छलफल भइरहेको जानकारी गराए ।

कीर्तिपुरको पर्यटकीय विकासमा सहयोग पु¥याउनका लागि पछिल्लो समयमा गत माघ २१ गतेदेखि सञ्चालनमा ल्याइएको पर्यटन सूचना केन्द्रको प्रभावकारिता बढ्दै गएको छ कीर्तिपुर क्षेत्रका पर्यटकीय स्थानबारे जानकारी गराउने उद्देश्यका साथ प्रत्येक दिन बिहान ८.०० बजेदेखि साँझ ५.०० बजेसम्म सञ्चालनमा आएको केन्द्रबाट दैनिक २०० भन्दा बढीले जानकारी लिइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us