ओलीलाई कार्यकर्ता भेट्न निषेध

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते ४:०९ मा प्रकाशित

kp-oli_20110601090027काठमाण्डु, १६ वैशाख – एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई कार्यकर्तासँग भेटघाट गर्न निषेध गरिएको छ ।

निरन्तरको भेटघाटले आराम हुन नसकेको भन्दै चिकित्सकले ओलीलाई कार्यकर्तासँग भेट गर्न निषेध गरेका हुन् ।

ओलीलाई पार्टीका शीर्ष नेता र घर परिवारका सदस्य वाहेक अरुलाई भेट गर्न निषेध गरिएको अस्पतालले जनाएको छ । ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । उनको रगत, पिसाब र मिर्गौलासम्बन्धी परीक्षण भइरहेको छ ।

ओलीको स्वास्थ्य स्थिति बुझ्न गएराति प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल गायतका नेता अस्पताल पुगेका थिए ।

ओलीलाई मेनेन्जाइटिस भएको आशंकामा उपचार सुरु गरिएको छ । भारतमा उपचार गराएर १३ दिन अघि नेपाल फर्केका ओली केही दिन राजनीतिक दौडधुपमा सक्रिय भएपनि चार दिन अघिवाट कार्यकर्तासँगको भेटघाट बन्द गरेर बसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us