काठमाण्डु, १६ वैशाख – आज जन्मदिने आमाको मुख हेर्ने दिन । आमालाई मिठामीठा परिवकार खुवाएर यो पर्व मनाइने गरिन्छ ।
वैशाख कृष्णपक्ष औसीको दिन नेपालीले यो पर्व मनाउने चलन छ ।
आमाले पनि यस दिन छोराछोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिन्छन् ।
आमा भएका सन्तानहरु आमालाई भेटेर र नभएकाले नदी तिर्थमा गएर सम्झना गरि यो पर्व मनाउने चलन छ ।