लगानीकर्ताको मन जित्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते १३:५५ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, १५ वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले लगानीकर्ताको मन जित्ने गरी काम गर्न विभिन्न मन्त्रालयका सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

प्रधामन्त्रीको कार्यालय सिंहदरवारमा आज आयोजित ‘राष्ट्रिय गौरवका आयोजना’ विषयक समीक्षा बैठकमा उनले मन्त्रालयहरुबीचको खिचातानी, पारदर्शिताको अभावलगायतका कारणबाट लगानीकर्ता फर्कन नहुने बताए ।

प्रधानमन्त्रीले नेपालमा लगानीको पर्याप्त सम्भावना भएको चर्चा गर्दै निर्वाचनपछि लगानीकर्ताहरु विस्तारै आकर्षित भएकामा जोड दिए ।

वर्षात्को समय सुरु भएपछि निर्माण कार्य सुरु गर्ने, आर्थिक चलखेलका क्रम बढ्ने आदि कारण विकास निर्माणको क्रम बढ्न नसकेकाप्रति गम्भीर बन्न उनले सरोकारवालासँग आग्रह गरे ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले सरकारले राष्ट्रिय गौरवका आयोजनाका रुपमा विभिन्न २१ वटा आयोजनालाई राखेको जानकारी गराएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us