काठमाण्डु, १४ वैशाख – चोरीको अभियोगमा पक्राउ परेका सोलुखुम्बु तिङ्लाकाका दीपक भुजेललाई चोरिएका सामान र नगदसहित महानगरीय प्रहरी अपराध महाशाखाले आज सार्वजनिक गरेको छ ।
सवारी चालकको काम गर्दैआएका अभियुक्त भुजेलले गएको बिहीबार भारतीय नागरिक सदाव हमाम खानलाई बा८च ६२७९ नम्बरको गाडीमा राखेर पाटन ढोका पु¥याएपछि उनको व्यागमा रहेका महत्वपूर्ण कागजात, ल्यापटप, मोबाइलसमेत गरी करिब पाँच लाख मूल्यबराबरको सामान लिएर फरार भएको प्रहरी उपरीक्षक भूपाल भण्डारी जानकारी दिए ।
फरार अभियुक्तले प्रयोगमा ल्याएका सवारी साधन भक्तपुरको कौशलटारमा छाडेको थियो । चोरी गरी लगेको सामानसहित भुजेललाई प्रहरीले हिजो पक्राउ गरेको हो । उसबाट प्रहरीले चोरी गरी लगेका सबै सामानसमेत बरामद गरेको जनाएको छ ।
त्यसैगरी, नशालु पदार्थ खुवाएर लुटपाट गर्ने दुईजना अभियुक्तलाई दसीका सामानसहित पक्राउ गरेर आजै सार्वजनिक गरिएको छ ।
बागलुङ पैयुथनथापका ढुण्डीराज शर्मा र नुवाकोट तालुका गाविस–५ का ज्ञानेश्वर दाहाललाई लुटपाटको अभियोगमा पक्राउ गरिएको हो ।
उनीहरुले दोलखा झुले गाविस घर भई हाल शान्तिनगर बस्ने टोपबहादुर काफ्लेलाई बुटवलमा सस्तो जग्गा खरिद गर्ने भनी नशालु पदार्थ मिसाइएको लड्डु खुवाई पाँच लाख ५४ हजार लुटेका थिए ।
अभियुक्तहरुबाट प्रहरीले नगद एक लाख र तीनवटा मोबाइल बरामद गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।