काठमाण्डु, १४ वैशाख – चीन सरकारले नेपाल वायु सेवा निगमलाई अनुदानमा पठाएको विमानले काठमाण्डुमा अवतरण गरेको छ । विमान अवतरण गरेपछि बिशेष पूजाआजा गरिएको छ । विमानलाई स्वागत गर्न बाजा गाजाको व्यबस्था मिलाइएको थियो । विमानको ५६ सिट क्षमता छ । चरम राजनैतिक हस्तक्षेप रहेको नेपाल वायु सेवा निमगले २८ वर्षपछि नयाँ विमान लेराएको हो ।