
काठमाण्डु, १४ वैशाख – माथिल्लो मादी जलविद्युत परियोजनामा पहिरो जाँदा थुनिएका तनहुँ दुलेगाैडाका २१ वर्षीय मजदुर सुजन गुरुङ मृत अवस्थामा फेला परेका छन् ।
बेपत्ता अन्य दुईको खोजी कार्य जारी छ । कास्कीको माथिल्लो जलविद्युत आयोजनाको निर्माणाधिन सुरुङ खन्ने क्रममा पहिरोले थुनिएका कामदारहरूमध्ये १३ जनाको सकुशल उद्दार भएको थियो भने अन्य तीन जना हराइरहेका थिए ।
शुक्रबार दिउँसो करिब २ बजे गएको पहिरोले सुरुङ थुनिएकामध्ये १३ जना कामदारलाई हिजो बिहान ३ बजे उद्दार गरिएको थियो । उद्दार गरिएकाहरुको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
सिल्दुजुरे–४ मा निर्माण भइरहेको अपरमादी जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा सुरुङको बाहिरपट्टि पहिरो गएपछि कामदार थुनिएको थियो ।