
कास्की, १२ वैशाख – कास्कीको सिल्दुजुरे गाविस ४ चाँसुमा निमार्णाधिन उपल्लो मादी हाईड्रोपावरमा सुरुङमार्गमा पहिरो जाँदा १० जना कामदार दिउँसो १ बजेदेखि थुनिएका छन् । थुनिएका १२ मध्ये २ जनालाई भने निकालिएको छ । उनीहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।
सुरुङ भित्र रहेका १० जना कामदार सुरक्षित रहेको स्थानीय केशबहादुर गुरुङले काठमाण्डु टुडेलाइ बताए । अहिले दुईवटा डोजरको सहायताले माटो पन्छाउने काम भइरहेको छ । यस अघि पनि त्यस ठाँउमा सुरुङमार्गमा पहिरो जाँदा एक जनाको मृत्यु भएको थियो । तीन जना घाइते भएका थिए ।
पहिला भत्काएर अजकल्टो पारेर राखिएका कारण त्यही ठाँउमा पुन सुरुङ भत्किएको गुरुङले बताए ।