गुप्तचर विभाग शक्तिशाली बनाउँदै सेना

काठमाण्डु टुडे २०७१ वैशाख १३ गते २:०५ मा प्रकाशित

nepal-army-logoकाठमाण्डु, १३ वैशाख – नेपाली सेनाले गुप्तचर विभागलाई शक्तिशाली बनाउने गरी सांगठनिक पुनंसरचनाको प्रस्ताव गरेको छ ।

संगठन पुनर्संरचनाको प्रस्ताव सैनिक मुख्यालयले तेस्रोपटक रक्षा मन्त्रालयमा पठाएको छ ।

सैनिक मुख्यालयले पेस गरेको प्रस्तावमा सैनिक गुप्तचर विभाग (डिएमआई )लाई स्तरोन्नति गरेर शक्तिशाली बनाउने, मध्यपृतनाको हेडक्वार्टर घटाएर उपत्यका पृतनामा गाभ्ने, दुई महत्वपूर्ण बलाध्यक्ष र बलाधिकृत विभागको जिम्मेवारी सन्तुलित बनाउनेलगायत छन् ।

सेनाले सैनिक गुप्तचर विभागलाई स्तरोन्नति गरी महानिर्देशनालय बनाउने प्रस्ताव पेस गरेको छ । हाल सहायकरथीले नेतृत्व गरेकोमा स्तरोन्नतिपछि उपरथीलाई नेतृत्व दिेन सेनाको प्रस्ताव छ ।

सैनिक स्रोतका अनुसार राजनीतिक अन्योलका कारण राष्ट्रिय सुरक्षा प्रतिकूल हुने र विदेशीहरुको चासो तथा चलखेल बढेकाले गुप्तचर विभागलाई बढी सशक्त बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us